Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

भीष्म उप्रेती ‘आवाज र अनुभूति’ को दोस्रो शृंखलामा

Editorial Team by Editorial Team
January 26, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
भीष्म उप्रेती ‘आवाज र अनुभूति’ को दोस्रो शृंखलामा
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–‘आवाज र अनुभूति’ को दोस्रो शृंखलामा कवि भीष्म उप्रेतीले कविता प्रस्तुत गरेका छन्। कवि उप्रेती नेपाली निबन्धकार तथा अनुवादकका रूपमा पनि उत्तिकै परिचित छन्। सारांश नेपाल र शिखा बुक्सको आयोजनामा काठमाडौंमा धुम्बाराहीस्थित नेशनल कलेजमा कार्यक्रम भएकाे हाे। कवि विश्व सिग्देलले स्वागत भाषण र उप्रेतीका एक कविता वाचन गर्दै कार्यक्रम शुरूवात गरेका थिए।
कवि उप्रेतीले विविध विषयवस्तुका ३९ कविता प्रस्तुत गरेका थिए। उत्साहजनक र सशक्त प्रस्तुतीसहित आफ्नो काव्य संसारलाई जीवित रूपमा प्रकट गरे, जसले उपस्थित सबैलाई भावविभोर बनाएकाे थियाे।


उनका कवितामा मानवीय संवेदना, समयबोध, प्रेमबन्धन, स्मृति, सामाजिक विकृति तथा चेतना, प्रकृति र आत्मचिन्तन जस्ता विस्तृत विषय समेटिएका थिए। ‘प्रार्थना’, ‘आँसु’, ‘मुस्कान’, ‘आमा’, ‘मुटु’ तथा ‘तिम्रो आँखामा’ जस्ता कविताले मानवीय स्नेह, करुणा र सम्बन्धका गहिरा भावना उजागर गरे। ‘घडी’, ‘बीचमा’, ‘बाटो’ र ‘थोपाथोपा जिन्दगी’ जस्ता कविताले समयको निरन्तर प्रवाह र अस्तित्वको क्षणभंगुरतालाई सुन्दर र मार्मिक रूपमा पाठकसामु ल्याए।
सामाजिक यथार्थ र मानवीय पीडालाई उजागर गर्ने कविताहरू, जस्तै ‘हामीलाई नमार’, ‘विद्रोह’, ‘मुखुण्डो’ र ‘अन्धो’, ले युद्धविरोधी चेतना, सामाजिक ढोंग र विसंगतिलाई तीक्ष्ण दृष्टिले आलोचना गरे।
प्रकृतिलाई जीवनका दार्शनिक आयामहरूमा बुनेका ‘नदी र कवि’, ‘प्रकृति’, ‘समुद्र’ तथा ‘चरा हरू’ जस्ता कविताले सुन्दरता मात्र नभई दार्शनिक गहिराइ पनि प्रदान गरे।
कार्यक्रमको उत्तरार्धमा ‘आत्मविश्वास’, ‘प्रश्न’ र ‘अनुभूति’ शृङ्खलाका कविताले आत्मचिन्तन, आध्यात्मिक खोज तथा पृथ्वीप्रतिको उत्तरदायित्वबारे गहिरो सन्देश दिए।
कार्यक्रमपछिको अन्तर्क्रिया सत्रमा पनि उनीहरूले उप्रेतीको सशक्त प्रस्तुतिलाई मनोरञ्जन मात्र नभई जीवन, समाज तथा समकालीन यथार्थप्रति नयाँ र आलोचनात्मक दृष्टिकोण जगाउने प्रेरणास्रोतको रूपमा अनुभव गरिएको बताए।
झापामा जन्मिएका भीष्म उप्रेतीका २४ कृति कविता, निबन्ध, यात्रावृत्तान्त तथा उपन्यासका विविध विधामा प्रकाशित छन्। उनका रचनाहरू धेरै भाषामा अनूदित छन्।
उपस्थितहरूले यो व्यावसायिक कविता वाचन कार्यक्रमले नेपाली साहित्यिक समुदायमा व्यावसायिक कविता संस्कृति पुनर्जीवित गर्ने र सुदृढ बनाउने पहल भएको उल्लेखनीय प्रतिक्रिया दिए।

Advertisement Banner
Previous Post

Joint Election Operation Centre begins

Next Post

Venezuela hopeful of solving crisis with US through Bolivarian diplomacy

Editorial Team

Editorial Team

Next Post
Venezuela hopeful of solving crisis with US through Bolivarian diplomacy

Venezuela hopeful of solving crisis with US through Bolivarian diplomacy

Recommended

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते

8 months ago
 USAID  is supporting 81,000+ rice producers in Nepal  through local partners 

 USAID  is supporting 81,000+ rice producers in Nepal  through local partners 

4 years ago

Don't Miss

Nepal and India sign MoU on pre-arrival export data exchange

India to provide Rs 803 million grant for eight development projects in Nepal

August 12, 2026
RSP nears majority as 28 seats await results

RSP to open ‘Candidate Club’ applications for local election hopefuls from August 17

August 12, 2026
Deuba set to return as Nepali Congress looks to former president for political direction

Deuba set to return as Nepali Congress looks to former president for political direction

August 12, 2026
Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.