Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालेनविरुद्ध निर्वाचन आयोगमा उजुरी, मानहानीपूर्ण अभिव्यक्ति दिएको आरोप

Editorial Team by Editorial Team
January 27, 2026
in Nepal, News, Politics
0
बालेनविरुद्ध निर्वाचन आयोगमा उजुरी, मानहानीपूर्ण अभिव्यक्ति दिएको आरोप
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।निर्वाचन आचारसंहिता र प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत मानहानीपूर्ण अभिव्यक्ति दिएको भन्दै उजुरी परेको हो ।
आइतबार बालेनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगनकुमार थापा लक्षित अभिव्यक्ति दिएका थिए । निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवारहरुको पब्लिक डिबेट गर्ने विषयमा चर्चा चलिरहेको छ । सोही सन्दर्भमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताएका थिए । त्यसमा बालेनले ओली र थापाप्रति लक्षित गर्दै हत्यारा र मतियार भनेर अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए- ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् । तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला १ ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
उक्त अभिव्यक्तिले निर्वाचनसम्बन्धी आचारसंहितामा खलल पुगेको भन्दै धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन् ।उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।बालेन भने झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि आजै सुदूरपश्चिम ओर्लिएका छन् । सोमबार बाँकेको नेपालगञ्ज पुगेका बालेन केही दिन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा जाने कार्यक्रम रहेको छ ।
Advertisement Banner
Previous Post

Nepal eliminated from ICC Women’s T20 World Cup Global Qualifier after heavy loss to Scotland

Next Post

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरमा: धार्मिक गतिविधिमा सक्रिय सहभागिता

Editorial Team

Editorial Team

Next Post
पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरमा: धार्मिक गतिविधिमा सक्रिय सहभागिता

पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरमा: धार्मिक गतिविधिमा सक्रिय सहभागिता

Recommended

French President Emmanuel Macron loses Majority in the Parliament

French President Emmanuel Macron loses Majority in the Parliament

4 years ago
निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

4 months ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.