Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

‘यी मान्छे, यी नजर’ गजलसंग्रह प्रकाशित

himalaya Diary News Service by himalaya Diary News Service
April 10, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
‘यी मान्छे, यी नजर’ गजलसंग्रह प्रकाशित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

 

२०७८ चैत्र २६ गते

पोखरा,  गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यी नजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ ।

शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको लोकार्पण गरे । शुक्ला साहित्य सङ्गमले तनहुँको साहित्यिक फाँटमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सरुभक्तले जनार्दन १ नम्बर प्रदेशका स्थायी वासिन्दाभन्दा बढी गण्डकी प्रदेशकै एक महत्त्वपूर्ण स्रष्टाका रूपमा आफूले चिनेको स्मरण गरे । आफूले चिनेदेखि नै दाहाल एक धैर्यशील सर्जक भएको उनको भनाइ थियो । गजल र कविता दुवैमा कलम चलाउने जनार्दनको सम्पादक व्यक्तित्वबाट पनि आफू प्रभावित भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले सुनाए ।

कृतिको समीक्षा गर्दै साहित्यकार रुपिन्द्र प्रभावीले दाहालको ‘यी मान्छे, यी नजर’ गजल सङ्ग्रहभित्र गेय गुणले युक्त गजलहरू समेटिएको बताए । समसामयिक धाराका प्रतिभाशाली गजलकारका रूपमा दाहाललाई सङ्ग्रहले स्थापित गर्ने उनको भनाइ थियो । ‘जनार्दन दाहाल जीवन र जगतका विसङ्गतिहरूलाई शालीन प्रहार गर्ने गजलकार हुन्’ प्रभावीले भने, ‘शास्त्रीय बहरमा पनि गजल लेख्ने रहर कृतिमार्फत् देखाए पनि स्वनिर्मित लयविधानमै लेखिएका उनका गजलहरू सशक्त छन् । ’उनले दाहाललाई परिपक्व गजलकार रूपमा चिनाए । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित कृतिभित्र ८५ ओटा गजल समेटिएका छन् ।

यसअघि दाहालका २०६३ मा ‘मधुरिमा’ र २०६५ मा ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह प्रकाशित छन् । २०६४ मा ‘कविको मृत्यु’ कविता सङ्ग्रह पनि पाठकसामु ल्याएका उनको ‘यी मान्छे, यी नजर’ चौथो कृति हो । झापाको अर्जुनधारामा जन्मेका गजलकार दाहाल विगत २ दशकदेखि तनहुँको दुलेगौँडामा रही साहित्य र शिक्षाका क्षेत्रमा क्रियशील छन् । उनी शुक्ला साहित्य सङ्गमका पूर्व अध्यक्षसमेत हुन् ।

 

 

यसै बिच, शुक्ला साहित्य सङ्गमले ४ जना स्रष्टालाई शुक्ला साहित्य पुरस्कार प्रदान गरेको छ । कला र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै बिम्बकवि रमेश श्रेष्ठलाई १५ हजार रुपैयाँसहितको शुक्ला विशिष्ट सम्मान, गजलकार जनार्दन दाहाललाई १० हजार नगदसहितको शुक्ला पुरस्कार, कवि अनिल श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहितको शुक्ला प्रतिभा पुरस्कार र बालप्रतिभा अनुप लामिछानेलाई २ हजार ५ सय रुपैयाँ रहेको पूर्ण-शुक्ला बाल प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानित प्रतिभा रमेश श्रेष्ठले शुक्लाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । सङ्गमका कार्यवाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको परिचय नारायण श्रेष्ठ, आनन्दसुन्दर श्रेष्ठ, टुकादेवी आचार्य र आकाश अधिकारीले दिएका थिए । सोही अवसरमा संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायणकैलाश सिग्देल, आकाश अधिकारी, जुनु खड्का, टुकादेवी आचार्य, जीवन सागर, टीकाराम पौडेल र शेषमणि आचार्यलाई पनि सम्मान गरिएको थियो ।

 

Advertisement Banner
Previous Post

India to fund NRs.41.13 million for Waste Water Management Project at Solukhumbu District in Nepal

Next Post

नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

Recommended

आज माघ शुक्ल पूर्णिमा: स्वस्थानी व्रतकथा समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमा: स्वस्थानी व्रतकथा समापन गरिँदै

1 month ago
Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal’s Public debt climbs to Rs 27.88 trillion in five months

3 months ago

Don't Miss

Sussanne Khan joins Ekatra Retail Ventures as Design Director on Gudi Padwa; unveils Shristi Ratna proprietary lab-grown flagship diamond collection

Sussanne Khan joins Ekatra Retail Ventures as Design Director on Gudi Padwa; unveils Shristi Ratna proprietary lab-grown flagship diamond collection

March 18, 2026

घोडे जात्रा पर्व -आज विभिन्न कार्यक्रम गरी काठमाडौँ उपत्यकामा मनाइँदै

March 18, 2026
रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदै

March 18, 2026
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

March 18, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.