हत्यामा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं, २९ पुस

रुपन्देही मायादेबी गाउँपालिका-७ बस्ने भीम बहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही मायादेवी गाउँपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैंसेपाटीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाइएको छ ।

यसैगरी यसैगरी कपिलवस्तु  वाणगंगा -८ सिद्दिपुर चोक बस्ने बिष्णु प्रसाद पाण्डेको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका-६ गौराबारी घर भएका ५० वर्षीय तौलेश्वर चौधरी र सोही नगरपालिका-५ चनौटा घर भएका ४८ वर्षीय बाबु खाँ मुसलमान भन्ने सहबाद आलम खाँ रहेका छन् । २०६५ असोज ९ गते बिहान कपिलवस्तु भलवारी गाविस-३ वहादुरगंजस्थित तौलिहवा जाने हुलाकी सडकमा बिष्णुको शव फेला परेको घटनामा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये तौलेश्वर चौधरीलाई कपिलवस्तु शिवराज नगरपालिका-६ विरपुरमा र सहबाद आलम खाँ लाई शिवराज नगरपालिका-५ चनौटामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

Comments are closed.