काठमाडौं, २९ पुस
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५९ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरा चोक बस्ने १९ वर्षीय हरि शंकर साह सोनार, सोही उपमहानगरपालिका-९ हातिसार टोल बस्ने २३ वर्षीय आमष बिक र बारा निजगढ नगरपालिका-१३ डम्बरपुर बस्ने २० वर्षीय शंकर बहादुर पाख्रिन रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले हरि शंकरलाई ३० ट्याब्लेट, आमषलाई १५ ट्याब्लेट र शंकरबहादुरलाई १४ ट्याब्लेट गरी उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, नुर्फिन ३ एम्पुल र नाईट्राभेट १५ ट्याब्लेट सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय बिकाश मगर, २५ वर्षीय सानु भाई नेपाली र चितवन टाडी नगरपालिका-६ बस्ने २३ वर्षीय सतार आलम रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ३ एम्पुल, डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल, नाईट्राभेट ३० ट्याब्लेट, स्पास्मो प्रोक्सिवन २ ट्याब्लेट र सुई ३ थान सहित पाँचथर फिदिम नगरपालिका-४ बस्ने २० वर्षीया एन्जिला सुजीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments are closed.