Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महोत्तरीको खयरबनी नाका:सुरक्षा निकायकै छत्रछायाँमा तीन सातादेखि करोडौँको तस्करी

Editorial Team by Editorial Team
February 1, 2026
in Nepal, News
0
देशभर आतंक: श्रृङ्खलाबद्ध चोरीले बढायो असुरक्षा, लाखौँ लुटिँदा पनि अपराधी फरार
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी – महोत्तरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र खयरबनी नाकाबाट पछिल्ला करिब तीन सातादेखि खुलेआम तस्करी भइरहेको स्थानीय बासिन्दा र व्यवसायीहरूले आरोप लगाएका छन् । सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै मिलेमतोमा ठूलो परिमाणमा अवैध सामान भित्रिरहेको दाबी स्थानीयहरूको छ ।
स्थानीय स्रोतहरूका अनुसार खयरबनी नाकाबाट बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म तस्करी चरम सीमामा पुग्ने गरेको छ । उक्त समयमा कपडा, सूर्ति, चिनी, किराना सामग्रीदेखि भारतमा उत्पादन हुने निम्न गुणस्तरका पेय पदार्थसम्म नेपाल भित्र्याइने गरेको बताइन्छ ।स्थानीय व्यवसायीहरू भन्छन्, “नाकामा सुरक्षा चेकजाँच हुने त परको कुरा, तस्करहरू ट्र्याक्टर, मोटरसाइकल र साना गाडीमै सामान ओसारिरहेका हुन्छन् । विरोध गर्न खोज्दा उल्टै धम्की आउँछ ।”
उनीहरूका अनुसार बेचु पटेल, बाला, सुनिल, सुशील, शंकरलगायतका व्यक्तिहरू यो तस्करी धन्दामा सक्रिय छन् भन्ने चर्चा स्थानीयस्तरमा व्यापक छ । तर यी नामहरू आरोपको दायरामा मात्र रहेको र सम्बन्धित निकायले औपचारिक रूपमा छानबिन नगरेसम्म दोष पुष्टि नहुने स्पष्ट पारिएको छ ।
स्थानीयले सबैभन्दा गम्भीर आरोप सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीका स्थानीय नेतृत्वमाथि लगाएका छन् ।खयरबनीस्थित सशस्त्र प्रहरी बलको बिओपी प्रमुख निरीक्षक कृष्णमोहन सापकोटा र रघुनाथपुर गुल्मका डिएसपी बिरेन्द्र खनाल तस्करी नियन्त्रणमा उदासीन देखिएको आरोप छ ।स्थानीय व्यवसायी संघका एक प्रतिनिधि भन्छन्, “यति ठूलो परिमाणको तस्करी स्थानीय सुरक्षाकर्मीको जानकारी र मिलेमतो बिना सम्भव नै छैन । यदि मिलेमतो छैन भने किन नियन्त्रण हुँदैन ?” यी आरोपहरू स्थानीयको दाबी भएको र सम्बन्धित अधिकारीहरूबाट यसबारे औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको उल्लेख गर्नैपर्छ ।
करोडौँको अवैध कारोबार, राज्यको राजस्व संकटमा
स्थानीय अनुमानअनुसार खयरबनी नाकाबाट दैनिक लाखौँदेखि कहिलेकाहीँ करोडौँ रुपैयाँ बराबरको सामान अवैध रूपमा भित्रिने गरेको छ ।
यसले राज्यलाई ठूलो मात्रामा राजस्व घाटा पु¥याइरहेको छ । भन्सार नतिरी भित्रिने सामानले न केवल सरकारी आम्दानी घटाएको छ, वैध व्यवसाय गर्ने व्यापारीहरू पनि मारमा परेका छन् ।बर्दिबासका एक व्यापारी भन्छन्,“हामी कर तिरेर व्यापार गर्छौँ, तर तस्करीको सामान सस्तोमा बजारमा आउँछ । यसले इमानदार व्यापारी टिक्नै नसक्ने अवस्था बनाएको छ ।”
तस्करीको अर्को गम्भीर पक्ष भनेको निम्न गुणस्तरका खाद्य तथा पेय पदार्थ हो ।भारतमा उत्पादन भई नेपालमा बिक्रीका लागि प्रतिबन्धित वा मापदण्ड नपुगेका पेय पदार्थ यही नाकाबाट भित्रिने गरेको स्थानीयको दाबी छ ।स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता सामग्रीले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । तर बजार अनुगमन कमजोर हुँदा उपभोक्ता झन् जोखिममा परिरहेका छन् ।
सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलको हो । तर स्थानीयको गुनासो अनुसार खयरबनी नाकामा त्यो जिम्मेवारी कागजमै सीमित देखिन्छ ।यदि आरोपहरू गलत हुन् भने, किन उच्चस्तरीय अनुगमन हुँदैन ?यदि सही हुन् भने, किन कारबाही अघि बढ्दैन ?यही प्रश्नले अहिले महोत्तरीको सुरक्षा प्रशासनमाथि गम्भीर नैतिक संकट खडा गरेको छ ।
स्थानीय अगुवा र नागरिक समाजले सशस्त्र प्रहरी बलको बर्दिबासस्थित बाहिनी र केन्द्रीय मुख्यालयसँग तत्काल अनुगमन र छानबिनको माग गरेका छन् ।उनीहरू भन्छन्,“स्थानीय तहमा मिलेमतो भए÷नभएको पत्ता लगाउन माथिल्लो निकायबाट निष्पक्ष छानबिन अनिवार्य छ । दोषी जो भए पनि कारबाही हुनुपर्छ ।”तस्करी केवल आर्थिक अपराध मात्र होइन ।
यो राष्ट्रिय सुरक्षासँग, राजस्व प्रशासनसँग, र राज्यप्रति नागरिकको विश्वाससँग जोडिएको विषय हो ।जब सीमामा कानून कमजोर देखिन्छ, तब अपराध मौलाउँछ ।जब दोषी दण्डित हुँदैनन्, तब राज्यप्रति विश्वास घट्छ ।
महोत्तरीको खयरबनी नाकाबाट भइरहेको भनिएको तस्करी प्रकरणले राज्य संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।यो विषयलाई अफवाह भनेर पन्छाउनु भन्दा तथ्यमा आधारित छानबिन, पारदर्शी अनुसन्धान र दोषीमाथि कडा कारबाही नै एकमात्र समाधान हो ।यदि सम्बन्धित निकायले समयमै चासो नदिए, भनेआज खयरबनी, भोलि अरू नाका , र अन्ततः राज्यकै ढुकुटी र कानून दुवै कमजोर हुनेछन् ।अब प्रश्न एउटै छ , महोत्तरीको तस्करी कहिले रोकिन्छ ?

Advertisement Banner
Previous Post

Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Next Post

Despite basic education being constitutionally guaranteed, private school enrollment in Nepal continues to grow due

Editorial Team

Editorial Team

Next Post
Measles outbreak led to outsized jump in student absences

Despite basic education being constitutionally guaranteed, private school enrollment in Nepal continues to grow due

Recommended

Japanese State Minister for Foreign Affairs pays courtesy call on President Paudel

Japanese State Minister for Foreign Affairs pays courtesy call on President Paudel

2 months ago
NRB reports stable economy with forex reserves at USD 21.52 billion

Nepal Rastra Bank (NRB) plans revision of sectoral lending caps to spur investment

4 weeks ago

Don't Miss

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

March 26, 2026
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

March 26, 2026
नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउन डा. महतको प्रश्ताव

March 26, 2026
नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

March 26, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.