Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

Editorial Team by Editorial Team
February 1, 2026
in Nepal, News, Science & Technology
0
इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता अत्याधुनिक टुल्सहरु आएकाले सिभिल इन्जिनियरहरुले पनि उक्त विषयहरुमा दख्खल राख्नुपर्ने पोखरा विश्वविद्यालयका डीन सहप्राध्यापक बुद्धिराज जोशीले बताउनु भएको छ । शुक्रबार चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरा गरेका विद्यार्थीहरुलाई विदाई गर्दै डीन जोशीले पछिल्लो समय भित्रिएका डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता टेक्नोलोजीहरुमा इन्जिनियरहरु अभ्यस्त हुनुपर्ने बताउनु भएको हो ।
कलेजका २०१९ र २०२० ब्याचका सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुलर इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गर्दै सहप्राध्यापक डीनले स्नातक तहमा गरेका रिसर्चहरु बेसिक मात्र हुने भएकोले त्यो भन्दा माथिल्लो तहसम्म अध्ययन गर्नुपर्ने र जीवनमा असल मान्छे बन्न जोडदिनु भयो । ‘ब्याचलर पुरा गरेर तपाईहरु राम्रो विद्यार्थी त बनिसक्नु भयो अब असल मान्छे बन्नुपर्छ । यो नै सबैभन्दा ठूलो च्यालेञ्ज हो । अनुशासनमा बस्नु नै ठूलो कुरा हो ।’ पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेसिई रहेको परिप्रेक्ष्यमा उहाँले नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने जिकीर गर्नुभयो । ‘ब्याचलर, मास्टर्स तहमा नेपालमा सिभिल इन्जिनियरिङका सबै कार्यक्रमहरु राम्रा छन् । विदेश जानुपर्छ भन्ने छैन । मास्टर्स लेवलमा जानका लागि रिसर्चलाई बढी फोकस गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
सह–प्राध्यापक जोशीले सिभिल इन्जिनियरहरुलाई गल्ती गर्ने छुट नभएको भन्दै पेशागत मर्यादा र जिम्मेवारीमा रहेर काम गर्न अनुरोध गर्नुभयो । ‘डाक्टरले उपचारमा एउटा गल्ती गर्दा एक जना बिरामीको ज्यान जान्छ, तर, सिभिल इन्जिनियरले गल्ती गर्दा हज्जारौं नागरिकको ज्यान जान सक्छ त्यसकारण सिभिल इन्जिनियर बढी जिम्मेवार हुनुपर्छ । यस विषयमा ध्यान दिनुपर्छ ।’ देश बनाउनु भन्दा पहिले आफु सक्षम बन्नुपर्ने भन्दै उहाँले मानव संसाधनमा नेपाल राम्रो रहेको तर्क गर्नुभयो । साथै, डीन जोशीले कलेजबाट पास आउट भएका विद्यार्थीहरु पोखरा विश्वविद्यालय र कलेजको एम्बाष्डर भएको भन्दै विश्वविद्यालय र कलेजको नाम उच्च राख्ने गरी काम गर्न सुझाउनु भयो ।
नेपाल इन्जिनियरिङ कलेज विश्वविद्यालय भन्दा पनि पुरानो इतिहास बोकेको कलेज भएको भन्दै उहाँले कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु भाग्यमानी रहेको जिकीर गर्नुभयो । केही समय अगाडी कलेज समस्यामा रहेपनि पछिल्लो समय राम्रो बन्दै गएको भन्दै उहाँले कलेज बचाउन पूर्वविद्यार्थीहरुको सक्रियता रहनुपर्ने पनि औंल्याउनु भयो । साथै, नयाँ पाठ्यक्रम तयार गर्न विश्वविद्यालयले कलेजलाई सिस्टम भित्र रहेर सहकार्य गर्न सदैव तत्पर रहेको जनाउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष सह–प्राध्यापक विकास अधिकारीले काउन्सिलले लिने परीक्षा पास गरेर मात्र व्यवसायिक जीवनमा लाग्न सुझाउनु भयो । नेपाल इन्जिनियरिङ कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु अब्बल रहेको चर्चा गर्दै उहाँले इन्जिनियरिङ पेशालाई मर्यादीत र व्यवसायिक गर्न काउन्सिल लागेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अथिती तथा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले कलेजले प्रदान गरेको इन्जिनियरिङ शिक्षा, विद्यार्थीहरुको योग्यता र भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो तथा उत्कृष्ट भएका विद्यार्थीहरुलाई मेडल प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा २०१९ र २०२० का २०० विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।

Advertisement Banner
Previous Post

India Budget 2026/27: Aid to Nepal increases; grant to Nepal has been raised to INR 8 billion

Next Post

UAE Pardons 267 Nepali Prisoners on National Day

Editorial Team

Editorial Team

Next Post
UAE Pardons 267 Nepali Prisoners on National Day

UAE Pardons 267 Nepali Prisoners on National Day

Recommended

Additional 766,350 doses of U.S. donated Pfizer COVID-19 vaccines arrived in Nepal

Additional 766,350 doses of U.S. donated Pfizer COVID-19 vaccines arrived in Nepal

4 years ago
Nepal Immigration Department expels 333 foreign nationals for illegal activities

Nepal Immigration Department expels 333 foreign nationals for illegal activities

4 weeks ago

Don't Miss

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.