बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ   

काठमाडौं, १९ माघ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-३१  शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ  विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

Comments are closed.