Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

चौथो साधारण सभा तथा भाषा दिवस सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 13, 2022
in Feature, Literary Festival & Event, Literature
0
चौथो साधारण सभा तथा भाषा दिवस सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ, २०७८ चैत २९ गते मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको चौथो वार्षिक साधारण सभा तथा भाषा दिवस कार्यक्रम त्रिभुवन विश्वविद्यालय घडी भवनको सभाहलमा सञ्जालका आजीवन सदस्यहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमको सभापतित्व सञ्जालका अध्यक्ष प्रा=डा= खगेन्द्रप्रसाद लुइटेलले गर्नुभएको थियो ।

 

कार्यक्रमको उद्घाटन सञ्जालका अध्यक्ष प्रा.डा. लुइटेलले पानसमा बत्ती बालेर गर्नुभयो । अध्यक्ष प्रा=डा= लुइटेलले सञ्जालका उपलब्धि एवं प्रगति विवरण पेस गर्दै भाषा दिवसको औचित्यमाथि प्रकाश पार्नुभयो । उहाँले नेपाली भाषाको मानकीकरणका निम्ति सञ्जालले देशका विभिन्न भागमा र विभिन्न मुलुकमा आफूले मानक नेपाली भाषासम्बन्धी प्रशस्तै कार्यक्रममा प्रशिक्षण तथा कार्यपत्र प्रस्तुत गरी वस्तुस्थितिबोध गराएको बताउनुभयो ।

 

उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानबाट अमानक वर्णविन्यासमा प्रकाशित नेपाली बृहत् शब्दकोश (२०७२), त्रिविबाट अमानक नेपाली वर्णविन्यासमा प्रकाशित अनिवार्य नेपाली शिक्षण निर्देशिका खारेज गरिएको, विद्यालय तहका देवनागरी लिपिमा लेखिएका अमानक वर्णविन्यासमा प्रकाशित सम्पूर्ण पाठ्यपुस्तक मानक वर्णविन्यासमा प्रकाशन गरिएको लगायतका उपलब्धि सञ्जालले हासिल गरेको बताउनुभयो ।

 

अध्यक्ष प्रा=डा= लुइटेलले मानक नेपाली भाषाको जगेर्नाका लागि नै अन्तर्राष्ट्रिय सञ्जालको स्थापना गरिएको बताउँदै मानक नेपाली भाषाको संरक्षण, सम्बर्धन र विकासका लागि सञ्जाल जस्तासुकै मूल्य चुकाउन पछि नपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालका सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राखिनुपर्ने विषयमा सञ्जालले दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै यसका लागि नेपाली भाषाप्रेमी सबैले अझ सशक्त दबाबका साथ अभियान चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सञ्जाललाई अन्तर्राष्ट्रिय जगत्सम्म विस्तार गर्नुपर्ने आवश्यकतासमेत औंल्याउनुभयो । उहाँले सञ्जाललाई सहयोग गर्ने सञ्चार माध्यमलगायत सबैलाई धन्यवाद दिनुभयो ।

 

अध्यक्षद्वारा प्रस्तुत हालसम्मका उपलब्धि एवं प्रगति विवरण

नेपाली बृहत् शब्दकोश २०७२ खारेजी र पुनप्र्रकाशन ।

अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६ खारेजी ।

सबैको नेपाली २०६७ खारेजी र पुनप्र्रकाशन ।

विद्यालय तहका १–१२ कक्षा देवनागरी लिपिमा लेखिएका सबै पुस्तक मानक नेपाली वर्णविन्यासमा प्रकाशन ।

साझा प्रकाशनबाट प्रकाशित सबै पुस्तक मानक नेपाली वर्णविन्यासमा प्रकाशन ।

अमानक नेपाली वर्णविन्यासमा प्रकाशित पुस्तक बहिष्कार ।

सञ्चार माध्यममा मानक नेपाली वर्णविन्यास कायम ।

विश्वविद्यालय र सरकारी निकायमा मानक नेपाली वर्णविन्यासको प्रयोग ।

एटिएममा नेपाली भाषाको प्रयोग ।

कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय ३÷३ क्रेडिट आवरको १००÷१०० पूर्णाङ्कको व्यवस्थापन ।

सञ्जालद्वारा विभिन्न निकायबाट गराइएका निर्णयहरूको कार्यान्वयन ।

नेपाली विषय शिक्षक सञ्जालको गठन ।

नेपाली बृहत् शब्दकोश २०७२ खारेजी र पुनप्र्रकाशन ।

अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६ खारेजी ।

सबैको नेपाली २०६७ खारेजी र पुनप्र्रकाशन ।

विद्यालय तहका १–१२ कक्षा देवनागरी लिपिमा लेखिएका सबै पुस्तक मानक नेपाली वर्णविन्यासमा प्रकाशन ।

साझा प्रकाशनबाट प्रकाशित सबै पुस्तक मानक नेपाली वर्णविन्यासमा प्रकाशन ।

अमानक नेपाली वर्णविन्यासमा प्रकाशित पुस्तक बहिष्कार ।

सञ्चार माध्यममा मानक नेपाली वर्णविन्यास कायम ।

विश्वविद्यालय र सरकारी निकायमा मानक नेपाली वर्णविन्यासको प्रयोग ।

एटिएममा नेपाली भाषाको प्रयोग ।

कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय ३÷३ क्रेडिट आवरको १००̸ १०० पूर्णाङ्कको व्यवस्थापन ।

सञ्जालद्वारा विभिन्न निकायबाट गराइएका निर्णयहरूको कार्यान्वयन ।

नेपाली विषय शिक्षक सञ्जालको गठन ।

 

अध्यक्षद्वारा प्रस्तुत भावी योजना

 

सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्नाका लागि थप सशक्त दबाब दिने ।

विश्वविद्यालयका सबै सङ्कायमा स्नातक तहमा अनिवार्य नेपाली विषय अनिवार्य रूपमा समावेश गराउन दबाब दिने ।

विश्वविद्यालयमा नेपाली माध्यममा पढाइ हुने विषयका स्नातक र स्नातकोत्तर तहमा सोधिने प्रश्नपत्रमा नेपाली भाषाको समेत प्रयोग गर्न दबाब दिने ।

सबै सेवा आयोगबाट लिइने विभिन्न विषयका परीक्षामा सोधिने प्रश्नपत्रमा नेपाली भाषाको समेत प्रयोग गर्न दबाब दिने ।

लोकसेवा आयोगमा अनिवार्य नेपाली विषय समावेश गर्न दबाब दिने ।

प्रत्येक मन्त्रालयमा नेपाली विषयविज्ञ राख्न दबाब दिने ।

सरकारी एवं निजी प्रकाशनबाट देवनागरी लिपिमा लेखिएका विभिन्न तहका पाठ्यपुस्तकमा मानक नेपाली भाषाको प्रयोगसम्बन्धी अनुगमन गर्ने ।

मानक नेपाली भाषा अभियानलाई अन्तर्राष्ट्रिय जगत्मा अझ विस्तार गर्ने ।

नेपाली विषय शिक्षक सञ्जाललाई देशभर विस्तार गर्ने ।

सञ्जालद्वारा विभिन्न निकायबाट गराइएका निर्णयहरू कार्यान्वयनको अनुगमन गर्ने ।

सञ्जालका सम्पूर्ण गतिविधि र उपलब्धि समेटेर स्मारिका प्रकाशन गर्ने ।

 

सञ्जालको सशक्त दबाबका कारण नेपालीमा अमानक वर्णविन्यासको खारेज गरी मानक वर्णविन्यास प्रयोग गर्ने सरकारबाट निर्णय गराइएको दिन चैत २९ गतेलाई सञ्जालले भाषा दिवसका रूपमा मनाउँदै आएको छ ।

 

सोही कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत भावी योजना तथा सञ्जालको मातहतमा रहने गरी नेपाली विषय शिक्षक सञ्जालको विधानसमेत पारित गरियो ।

 

सञ्जालका महासचिव प्रा=डा= गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्जालका सदस्य प्रतीक ढकालले मानक नेपाली भाषाको औचित्यमाथि प्रकाश पार्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

 

Advertisement Banner
Previous Post

पहाड र लमतन्न समुन्द्र’ सार्वजनिक

Next Post

साहित्यकार पवन आलोकको नियात्रासंग्रह प्रकाशित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
साहित्यकार पवन आलोकको नियात्रासंग्रह प्रकाशित

साहित्यकार पवन आलोकको नियात्रासंग्रह प्रकाशित

Recommended

Nepal President Paudel leaves for Japan

Nepal President Paudel leaves for Japan

2 months ago
रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

4 years ago

Don't Miss

Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

March 29, 2026
प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

March 29, 2026
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.