Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काठमाडौंमा बढ्यो वायु प्रदूषण, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

Editorial Team by Editorial Team
February 9, 2026
in Nepal, News
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो।
जसअनुसार आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।
विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले दिएको जानकारी अनुसार ० देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो सङ्केत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। १५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन समेत विभागको आग्रह छ । नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ ।

Advertisement Banner
Previous Post

चितवनमा राष्ट्रिय भजन प्रतियोगिता; रामजानकी बालिका आश्रम देवघाट प्रथम

Next Post

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

Editorial Team

Editorial Team

Next Post

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति, संयोजकमा तारामान गुरुङ

Recommended

India’s first portable solar rooftop system inaugurated at Akshardham, Gandhinagar

India’s first portable solar rooftop system inaugurated at Akshardham, Gandhinagar

4 years ago
Akshay Kumar’s Show Witnesses a Power-Packed Reunion of Gulshan Grover, Shakti Kapoor and Chunky Panday

Akshay Kumar’s Show Witnesses a Power-Packed Reunion of Gulshan Grover, Shakti Kapoor and Chunky Panday

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.