काठमाडौं, २६ माघ
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित मोरङ मृगौला गाउँपालिका-३ घर भएका २६ वर्षीय भुपेन्द्र लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
झापाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १४५७ नम्बरको बसलाई लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुंगाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.