बढी भाडा लिने २३ जना ट्याक्सी चालक पक्राउ

काठमाडौँ । यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट मङ्गलवार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।

त्यसैगरी, सडकमा अनावश्यक रोकेर बस्ने राइड सेयरिङ गर्ने दुइपाङग्रे सवारी साधनका ४ हजार १ सय ९० जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको  छ । गत मंसिर २७ गतेदेखि सुरु भएको यस अभियानमा आजसम्म ४ हजार १ सय ९० जना चालकहरू कारबाहीमा परेका हुन् ।

Comments are closed.