Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

एकाउन्न संस्थाबाट वरिष्ठ कवि द्वारिका श्रेष्ठ अभिनन्दित

himalaya Diary News Service by himalaya Diary News Service
February 19, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
एकाउन्न संस्थाबाट वरिष्ठ कवि द्वारिका श्रेष्ठ अभिनन्दित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 

२०८२ फागुन १, काठमाडौं ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारितामा योगदान गर्दै आएका एकाउन्न संस्थाको साझा मञ्च “साहित्यिक संस्था समन्वय समिति”ले आज नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौंमा ९१ वर्षीय वरिष्ठ कवि द्वारिका श्रेष्ठको सामूहिक अभिनन्दन गरिएको छ ।

सो समितिका अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई कद बराबरको अभिनन्दनपत्र समर्पण गरिएको थियो । श्रेष्ठलाई दोसल्ला, दूबो, फूल र रुद्राक्षको माला, टोपी, टीका, सगुन र फूल वर्षासहित अभिनन्दन गरिएको थियो ।

समारोहमा श्रेष्ठलाई प्रदान गरिएको अभिनन्दनपत्र समितिका सचिव एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”ले विशेष मन्तव्यसहित वाचन गर्नुभएको थियो भने अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै श्रेष्ठले साहित्य सिर्जना, प्रजातान्त्रिक आन्दोलन र देशको विषम परिस्थितिको बेलामा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

अभिनन्दित श्रेष्ठकी श्रीमती “गुन्जन” नारी साहित्य संस्थाका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठलाई पनि सम्मान गरिएको सो समारोहमा समितिका सदस्य वरिष्ठ समालोचक प्रमोद प्रधानले श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभयो । उहाँले २०१० को पूर्वार्द्धदेखि कविता सिर्जनामा संलग्न भएर सात दशक लामो यात्रामा कवि द्वारिका श्रेष्ठको आफ्नै विशिष्ट पहिचान बनाउनुका साथै महत्त्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो ।

सो अवसरमा अभिनन्दित वरिष्ठ कवि द्वारिका श्रेष्ठले आफ्नो मन्तव्यसहित कविता वाचन गर्नुभएको थियो ।सो अवसरमा श्रेष्ठले साहित्यकारहरूलाई स्थान दिएर अघि बढाउने साहित्यिक पत्रकारितालाई संरक्षण गर्ने काम अझै हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाँले साहित्यको विकास र विस्तारमा राजनीतिक नेता, नेतृत्व र दलहरू उदासीन रहेको धारणा पनि राख्नुभएको थियो ।

समारोहमा धन्यवाद ज्ञापन तथा सभा विसर्जन गर्दै समितिका सदस्य एवं नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका अध्यक्ष श्री मोमिलाले आफ्नै विशिष्ट शिल्प लिएर देखापर्नुभएका कवि द्वारिका श्रेष्ठको नेपाली कविताको प्रयोगवादी धारका क्षेत्रमा बिर्सनै नसकिने योगदान रहेको उल्लेख गर्नुभयो ।

समारोहमा कवि गीता कार्कीले श्रेष्ठको एउटा कविता वाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले गर्नुभएको थियो ।

कार्यक्रममा एकाउन्न संस्थाका प्रतिनिधि, साहित्यकार, पत्रकार, कलाकारसहितको बाक्लो उपस्थिति रहेको थियो ।

श्रेष्ठलाई प्रदान गरिएको अभिनन्दनपत्र : आदरणीय कविवर द्वारिका श्रेष्ठज्यू,

तनहुँ जिल्लाको अत्यन्त रमणीय प्राकृतिक भूगोल बन्दीपुरमा वि.सं. १९९२ साउनमा बुवा रेशमलाल पिया श्रेष्ठ र आमा बुद्धिलक्ष्मी पिया श्रेष्ठको सुपुत्रको रूपमा जन्मिएर सात दशकअघिदेखि नेपाली कविताको विकासमा निरन्तर साधनारत तपाईं आधुनिक नेपाली कविता जगतका एक विशिष्ट सर्जक एवम् व्यक्तित्व हुनुहुन्छ । वि.सं. २०१० को दशकको पूर्वार्धदेखि नै कविता लेखनका क्षेत्रमा प्रवेश गरी २०१७ सालसँगै नेपाली कवितामा प्रवेश गरेको आधुनिक चेत र अस्तित्व बोधको युगीन यात्रामा आफूलाई समर्पित गर्दै सार्वभौमिक विचार, पृथक् बिम्ब, विशिष्ट भाषिक शिल्प र आभ्यान्तरिक अनुभूतिलाई आफ्नो कविता सिर्जनाको आधारशिला मानेर सृजित तपाईंका कविताहरू नेपाली कविताका प्राप्ति र सम्पत्ति हुन् भन्ने हाम्रो ठहर छ ।

“शीतको थोपा” (२०१५) बाट प्रारम्भ भएको तपाईंको कवित्वशक्ति “द्वारिका श्रेष्ठ : समग्र कविता” (२०७३) सम्म आइपुग्दा झन् झन् प्रखर र  सशक्त रूपमा प्रकट भएको छ । तपाईंका कविताले बोकेका विचार र विषय, कवितामा प्रयुक्त बिम्व, प्रतीक र उपमा, पृथक् रचनाकौशल एवम् अभिव्यक्त भावसौन्दर्यले तपाईंलाई नेपाली कविता क्षेत्रका एक विशिष्ट सर्जकको रूपमा स्थापित गरेको छ ।

देशको राजनीतिक परिवर्तनका समयहरूमा जहिले पनि प्रजातन्त्रको पक्षमा सक्रिय रूपमा उभिएर तपाईंले आफ्नो प्रतिबद्धतालाई नवीकरण गरिरहनु भयो । यसैगरी चितवन जङ्गल लजमा लामो समयसम्म साहित्यिक महोत्सवहरूको आयोजना गरी देशका विभिन्न स्थानका साहित्यकारहरूलाई एक साझा मन्च प्रदान गर्नुका साथै विचार विमर्शको  विशिष्ट थलोको रूपमा प्रस्तुत गर्नुभयो । ती महोत्सवहरू साहित्यकारहरूलाई प्रकृतिलाई अत्यन्त नजिकबाट साक्षात्कार गर्ने महत्त्वपूर्ण अवसर पनि बन्न पुग्यो । यसरी नेपाली कविताका आजीवन साधक रहनुभएको तपाईंलाई ९१ वर्षको प्रौढ वयमा सामूहिक रूपमा अभिनन्दन गर्न पाउनु हामी सबैको अहोभाग्य हो भन्ने ठानेका छौँ । यस विशेष सुखद अवसरमा हामी तपाईंको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनका लागि हार्दिक शुभकामना अर्पण गर्छौं ।

Advertisement Banner
Previous Post

President Paudel directs security agencies to ensure peaceful, fear-free elections

Next Post

Nepali Congress to unveil resolution paper for election on Sunday

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepali Congress Acting President Khadka calls emergency meeting of Nepali Congress CWC

Nepali Congress to unveil resolution paper for election on Sunday

Recommended

इण्डोनेसियामा चिनियाँ पर्यटकको आगमनमा १३.५५ प्रतिशतले वृद्धि

इण्डोनेसियामा चिनियाँ पर्यटकको आगमनमा १३.५५ प्रतिशतले वृद्धि

4 months ago
जुम्लाका  १२७७ किशोरीलाई एचपीभी खोप दिइने

जुम्लाका १२७७ किशोरीलाई एचपीभी खोप दिइने

5 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.