अक्षरमार्गले वसन्त काव्यगोष्ठी कार्यक्रम गर्यो सम्पन्न

काभ्रेको पनौतीमा अक्षरमार्गले वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । वसन्त ऋतुको आगमनसँगै आयोजना गरिएको वसन्त काव्यगोष्ठीमा काभ्रे र देशका विभिन्न स्थानबाट आएका करिव तीन दर्जन कविहरूले कविता वाचन गरेका थिए । राजनीति, देशप्रेम, प्रेमप्रणय, सामाजिक विकृति, विसङ्गति विरुद्ध कविहरूले आफ्ना आवाज बुलन्द गरेका थिए । पहिलो शत्रमा काव्यगोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. विष्णु एस राईद्वारा कविगोष्ठीमा सहभागी कविहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा वसन्त काव्य गोष्ठीको अवसर पारेर विष्णुहेम अक्षरमार्ग वसन्त काव्य विशेष सम्मान प्रा. डा. विष्णु एस राईलाई प्रदान गरिएको थियो । सोही कार्यक्रममा बालसाहित्यकार श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सममान, वसन्त नकर्मीलाई दुर्गाजगत अक्षरमार्ग काव्इ सम्मान, सीता विष्ट कार्कीलाई विष्णु सुन्दर काव्य सम्मान, ध्रुवनारायण जोन्छेँलाई कमान सिँह तुलसा अक्षरमार्ग सिर्जना सम्मान, ध्रुवकृष्ण अक्षरमार्ग काव्य सम्मान रविन्द्र आशीष शैलीलाई प्रदान गरिएको थियो । उहाँहरूलाई सम्मान पत्र, दोसल्ला र नगदसहित सम्मान समर्पण गरिएको थियो ।

सोही कार्यक्रममा सुभद्रा दहालद्वारा रचित मनको आँखा र मीरा पौड्यालको देखेको कथा नामक पुस्तक लोकार्पण पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी लगायतले गर्नुभएको थियो । विमोचन गरिएका पुस्तकहरूका बारेमा साहित्यकार रामसुन्दर देउजा र तुयुकाजी ताम्राकारले बोल्नुभएको थियो । कार्यक्रममा लेखकीय मन्तव्य मीरा पौड्याल र सुभद्रा दहालले राख्नुभएको थियो । अक्षरमार्ग आयोजक र पनौती साहित्य समाज सह आयोजक रहेको सो कार्यक्रमको संयोजन इन्द्रेश्वर क्याम्पसले गरेको थियो ।

Comments are closed.