Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पुग्यो

Editorial Team by Editorial Team
February 22, 2026
in Nepal, News
0
गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पुग्यो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको छ ।
मतपत्र ढुवानीको काम पनि सुरु भएको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । आज कास्कीमा मतपत्र आइपुगेको कार्यालयका सूचना अधिकारी रुद्रनाथ न्यौपाने बताए ।
“निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्री जिल्लामा पुगिसकेको छ, आइतबारदेखि कास्कीबाहेक अन्य जिल्लामा पनि मतपत्र ढुवानी सुरु हुन्छ”, उनले भने, “निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको छ ।”
निर्वाचनका बेला प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ वटा सामग्रीलाई मतदानस्थलमा पठाइने र अन्य सामग्री कार्यालयमा प्रयोग हुने सूचना अधिकारी न्यौपानेले बताए ।
सामग्री व्यवस्थापनसँगै निर्वाचनमा परिचालन हुने कर्मचारीको खटनपटनको काम पनि सँगसँगै भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने सूचना अधिकारी न्यौपानेले बताए ।
यस प्रदेशमा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र छन् । मतदाताको संख्या १८ लाख ७० हजार ६५ रहेको छ ।
गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।

Advertisement Banner
Previous Post

नासाको ‘आर्टिमिस २’ चन्द्र मिशन प्राविधिक समस्याका कारण स्थगित

Next Post

निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई वाइसिएलको आग्रह

Editorial Team

Editorial Team

Next Post
निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई वाइसिएलको आग्रह

निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई वाइसिएलको आग्रह

Recommended

Morocco’s National Day observed in Kathmandu

Morocco’s National Day observed in Kathmandu

4 weeks ago
दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

7 months ago

Don't Miss

NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Registrars and rectors appointed in six universities including Tribhuvan University

Registrars and rectors appointed in six universities including Tribhuvan University

September 1, 2026
China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.