पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको भाषण प्रसारण गर्न प्रतिबन्ध

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको भाषण प्रसारण गर्न रोक लगाइएको छ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलटरी अथोरेटी पाकिस्तानका सञ्चार माध्यमहरूलाई खानको भाषण प्रसारण गर्नबाट रोक लगाएको हो ।

खानले पूर्वी लाहोरमा दिएको एक भाषण पश्चात् अथोरेटीले गत आइतबार साँझ यस किसिमको घोषणा गरेको हो । खानले आफ्ना भाषण मार्फत राज्यका निकाय माथि प्रहार गरेको र घृणा फैलाएको आरोप छ ।

खानले आइतबार साँझको भाषणमा तत्कालीन आर्मी चिफ कमार जाबेद बाजवाको कारण आफू पदच्युत हुन परेको आरोप लगाएका थिए ।

राजधानी इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि खानले यस किसिमको भाषण गरेका थिए । पाकिस्तानमा यस अघि २ पटक सम्म इमरान खानको भाषण प्रसारणमा रोक लगाइएको थियो । अथोरेटीको उक्त घोषणाको दुई घण्टा बित्दा नबित्दै खानको भाषण प्रसारण गरेको भन्दै पाकिस्तानको प्रख्यात टिभी च्यानल एआरवाई अनुमति पत्र समेट खारेज गरिएको छ ।

पाकिस्तानको मानव अधिकार आयोगले इलेक्ट्रोनिक मिडियामा खानको भाषण प्रसारणमा प्रतिबन्ध लगाउने निर्णयको निन्दा गर्दै तत्काल प्रतिबन्ध हटाउन विज्ञप्ति समेत जारी गरेको छ ।

Comments are closed.