एजेन्सी –अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टी मा सोमबार बिहान ५० वर्षीय नेपाली नागरिक छत्रबहादुर थापाले आफ्नी पत्नी र छोरीको हत्या गरेका छन् । घटनास्थल पर्सिमोन ड्राइभ अपार्टमेन्ट मा उनले १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया ममता थापा को मृत्यु भएको हो। उनका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घाइते भएका छन्।
प्रहरी घटनास्थलमा पुगेपछि छत्रबहादुरले सन्तोषमाथि आक्रमण जारी राखे । प्रहरीले हतियार फाल्न आदेश दिए पनि उनी नमानेपछि गोली चलाउन बाध्य भएका थिए । गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ। घाइते सन्तोषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्बन्धी गहन अनुसन्धान जारी राखेको छ.








Discussion about this post