Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास:एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरे

Editorial Team by Editorial Team
February 24, 2026
in News, USA News, World
0
राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास:एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरे
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ ।
घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् । स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरुले रोक्ने प्रयास गरेका थिए । सुरुमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।बीबीसीका अनुसार ट्रम्पको घर रहेको स्थान मार–आ–लागोमा सधैं कडा सुरक्षा व्यवस्था रहने गर्छ । बाहिरी घेरा स्थानीय शेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा सिक्रेट सर्भिसले हेर्छ । आगन्तुकहरूको कडाइका साथ जाँच गरिन्छ, सवारीसाधन र झोला मेटल डिटेक्टर तथा कुकुरमार्फत परीक्षण गरिन्छ ।यति कडा सुरक्षा व्यवस्थाकै कारण संदिग्ध व्यक्ति भित्री क्षेत्रमा प्रवेश कसरी गरे भन्ने खुलेको छैन । मारिएका ती व्यक्तिको पहिचानबारे भने थप अनुसन्धान जारी छ ।
यो घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसाबारे पुन: चिन्ता बढाएको विश्लेषण गरिएको छ । राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास भएका थिए । राष्ट्रपति ट्रम्प र उनको परिवारका सदस्य वरिपरि सुरक्षा घेरा पहिलेभन्दा थप मजबुत बनाइएको छ ।

Advertisement Banner
Previous Post

महोत्तरीमा चुनावी ‘कडाइ’ : सीमा सिलदेखि मदिरा पूर्ण निषेधसम्म

Next Post

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु

Recommended

Birgunj Metropolis opens new market built for Rs 7 million

Exports through Birgunj jump 52 percent to Rs 48.1 billion

7 months ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves $10 Million Financing to Restore Lao PDR’s Forests and Diversify Rural Economies

8 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.