Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु

Editorial Team by Editorial Team
February 24, 2026
in News, Uncategorized, World
0
अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जनाको मृत्यु
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा एक घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको छ । पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित गरी आक्रमण भएको जनाइएको छ ।
पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले भने गोप्य सूचनाका आधारमा सीमा क्षेत्रमा ‘आतंकवादी बसेको स्थान’लाई लक्षित गर्दै कारबाही गरिएको दाबी गरेको छ ।पाकिस्तानले तेहरिक-आई-तालिबान पाकिस्तान (टीटीपी) तथा उसका सहयोगी समूह र इस्लामिक स्टेट खोरसान प्रोभिन्स (आईएसकेपी) सँग सम्बद्ध समूह रहेको स्थानमा आक्रमण गरेको जनाएको हो । पाकिस्तानका अनुसार हालै आफ्नो देशमा भएका आत्मघाती आक्रमणहरूमा ती समूहको संलग्नता देखिएपछि जवाफस्वरूप यो कारबाही गरिएको हो ।
यस्ता ‘आतंकवादी’समूहविरुद्ध कडा कदम चाल्न पटक–पटक आग्रह गर्दा पनि अफगान तालिबान सरकारले प्रभावकारी कारबाही नगरेको आरोप पाकिस्तानले लगाएको छ ।
उचित समयमा जवाफ दिने अफगानिस्तानको चेतावनी
अफगानिस्तानको सत्तारुढ तालिबान सरकारले भने पाकिस्तानी हमलामा महिला र बालबालिकासहित सर्वसाधारण नागरिकको ज्यान गएको भन्दै उचित समयमा जवाफ दिने चेतावनी दिएको छ ।तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमाको उल्लंघन गरेको आरोप लगाउँदै यसलाई निर्दोष नागरिकमाथिको बमबारी भन्दै निन्दा गरेका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ता अन्यातुल्लाह ख्वारिज्मीले पनि विज्ञप्ति जारी गर्दै यस कारबाहीलाई अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकता माथिको गम्भीर आक्रमण भनेका छन् । र, उनले ‘उचित समयमा योजनाबद्ध जवाफ’ दिइने चेतावनी दिएका छन् ।यसैबीच पाकिस्तानी कारबाहीपछि तालिबान सरकारले काबुलस्थित पाकिस्तानी राजदूतलाई बोलाएर औपचारिक विरोधपत्र बुझाएको जनाएको छ ।
विदेश मन्त्रालयले अफगान भूमिको रक्षा गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै यस्ता आक्रमणको नकारात्मक परिणामको जिम्मेवारी पाकिस्तानले लिनुपर्ने चेतावनी दिएको छ ।

Advertisement Banner
Previous Post

राष्ट्रपति ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास:एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरे

Next Post

आजवाट होली पर्व आरम्भ, वसन्तपुरमा चीर ठड्याइयो

Editorial Team

Editorial Team

Next Post
आजवाट होली पर्व आरम्भ, वसन्तपुरमा चीर ठड्याइयो

आजवाट होली पर्व आरम्भ, वसन्तपुरमा चीर ठड्याइयो

Recommended

पूर्व अमेरिकी नौसेना नाविकलाई चीनलाई गोप्य जानकारी बेचेको आरोपमा १६ वर्ष जेल सजाय

पूर्व अमेरिकी नौसेना नाविकलाई चीनलाई गोप्य जानकारी बेचेको आरोपमा १६ वर्ष जेल सजाय

7 months ago
Indian film ‘Homebound’ shortlisted for Best International Feature Film at Oscars 2026

Indian film ‘Homebound’ shortlisted for Best International Feature Film at Oscars 2026

8 months ago

Don't Miss

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.