Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत ग्रीस पुग्यो

Editorial Team by Editorial Team
February 25, 2026
in News, World
0
अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत ग्रीस पुग्यो
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अमेरिकी नौसेनाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत, यूएसएस जेराल्ड आर फोर्डलाई ग्रीसको क्रेटमा तैनाथ गरेको छ । क्रेटमा अमेरिकी नौसेनाको अड्डा रहेको छ ।
इरानमाथि अमेरिकी हमला हुन सक्ने आशंकाबीच यस विमानवाहक युद्धपोतलाई क्रेटमा तैनाथ गरिएको हो ।
फोर्ड युद्धपोत सोमबार ग्रीसको यस टापुमा पुगेको समाचार एजेन्सी एएफपीका एक फोटोग्राफरले जनाएका हुन् ।
ग्रीसको रक्षा मन्त्रालयले विमानवाहक युद्धपोतको आगमनका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । त्यस्तै, एथेन्सस्थित अमेरिकी दूतावासले पनि समाचार एजेन्सीको प्रश्नमा हालसम्म कुनै जवाफ दिएको छैन ।
अमेरिकी नौसेनाका दुईवटा युद्धपोतहरू मध्यपूर्व नजिक पुग्नुलाई धेरै विज्ञहरूले एउटा विशेष संकेतका रूपमा हेरेका छन् । यूएसएस अब्राहम लिंकन एयरक्राफ्ट क्यारियर पनि अहिले मध्यपूर्वमा तैनाथ छ ।
अमेरिकाले गत वर्ष १२ दिनसम्म चलेको इरान–इजरायल युद्धका बेला पनि यी दुवै विमानवाहक युद्धपोतहरूलाई मध्यपूर्वमा तैनाथ गरेको थियो ।
अमेरिका र इरानबीच यस समयमा इरानको विवादित परमाणु कार्यक्रममाथि वार्ता पनि चलिरहेको छ । मंगलबार भएको वार्तालाई ट्रम्प प्रशासनले उत्साहजनक बताएको छ ।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार यदि इरान परमाणु कार्यक्रममा झुकेन भने अन्य विकल्पहरू प्रयोग गरिने चेतावनी पनि दिइरहेका छन् । एजेन्सी

Advertisement Banner
Previous Post

Ukrainian morale remains intact despite five years of war with Russia

Next Post

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूत चाङ माओमिङको भेट

Editorial Team

Editorial Team

Next Post
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूत चाङ माओमिङको भेट

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूत चाङ माओमिङको भेट

Recommended

Krishna Prasad Yadav has been appointed Chief Minister of Madhesh Province

Madhesh Chief Minister Yadav to seek confidence vote on Dec 10

5 months ago
· अख्तियारमा ५ वर्षमा ७९८ भ्रष्टाचार मुद्दा : ४ हजारभन्दा बढी प्रतिवादी, ३१ अर्बभन्दा बढी बिगो दाबी

· अख्तियारमा ५ वर्षमा ७९८ भ्रष्टाचार मुद्दा : ४ हजारभन्दा बढी प्रतिवादी, ३१ अर्बभन्दा बढी बिगो दाबी

2 weeks ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.