Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 18, 2022
in Entertainment, Feature, Nepal
0
राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

 

४ बैशाख, २०७९, काठमाडौः चलचित्र विकास बोर्डले दुईवर्षपछि ४ बैशाख, २०७९ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह आयोजना गरेको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाको कारणले २०७६ र ०७७ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यसपटक समारोहमा २०७६ र २०७७ गरी दुई वर्ष सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूमध्येबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । दुई वर्षमा सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू संयुक्तरूपमा निर्णायक समितिले १० विधामा पुरस्कारका लागि बोर्डलाई सिफारिस गरेको थियो । उक्त १० विधागत पुरस्कृतहरूलाई प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ ।

२०७६ र ०७७ सालमा केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूमध्येबाट चारवटा चलचित्रलाई विशेष चलचित्रबाट पुरस्कृत गरिएको र दुबै निर्णायक समितिलाई समेत सम्मान गरिएको छ । समारोहमा २०७६ र २०७७ को दीर्घ साधना सम्मानबाट दुईजनालाई जनही नगद पुरस्कार ३ लाख ५१ हजार १ सय ११ रूपैयाँ, ताम्रपत्र तथा दोसल्ला सहित सम्मान तथा चलचित्र क्षेत्रका विभिन्न विधाका ३३ जना विशिष्ट व्यक्तित्वहरूलाई समेत विशेष योगदान सम्मानबाट सम्मान गरिएको छ । प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विधादेवी भण्डारीज्यूबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको यस कार्यक्रममा माननीय सञ्चार, सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूको विशिष्ट आतिथ्यता र चलचित्र विकास बोर्डका अध्यक्ष श्री दयाराम दाहालज्यूको अध्यक्षता सहित विशिष्ट महानुभावहरूको उपस्थितिमा समारोह सम्पन्न भएको छ ।

यसै कार्यक्रममा बोर्डबाट प्रकाशन भएको चलचित्र मञ्च २०७८ पुस्तक समेत सार्वजनिक गरिएको छ ।

Advertisement Banner
Previous Post

India has had a widespread tradition of ‘Vaad-Vivaad’ and ‘Samvaad’, we need to reconnect with that heritage: President Kovind

Next Post

सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न

सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न

Recommended

Over 11,000 Nepali workers enter South Korea via EPS in 2025

Over 11,000 Nepali workers enter South Korea via EPS in 2025

4 months ago

India’s economic growth in current FY is estimated to be 8.9 percent, says Finance Minister Nirmala Sitharaman

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.