Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि

Editorial Team by Editorial Team
March 9, 2026
in Nepal, News
0
भारतलाई तेस्रोपटक टी-२० विश्वकपको उपाधि
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारतले लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक विश्वकपको उपाधि जितेको हो ।
भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।
भारत लगातार दोस्रो अनि तेस्रोपटक उपाधि जित्ने एक्लो टोली हो । न्युजिल्यान्ड भने ५ वर्षपछि फाइनल खेल्दा फेरि उपविजेतामै सीमित भएको छ । यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारत ९६ रनले विजयी भयो । भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा अलआउट भयो ।ओपनर टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए । कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । डारिल मिचेलले १७ रन बनाउँदा बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
भारतका जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । अक्षर पटेलले ३ विकेट लिए । हार्दिक पान्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले १-१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो । सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।
इशान किशनले २५ बलमा ५४ तथा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाएर आउट भए । शिवम दुबेले ८ बलमा २६ रनको क्यामिओ खेले ।न्युजिल्यान्डका लागि जिमी नीशमले ३ विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रले १-१ विकेट लिए ।भारतले यस विश्वकपमा सुपर ८ मा दक्षिण अफ्रिकासँग एकमात्र हार बेहोरेको थियो ।सन्जु सामसन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले भारतका लागि ५ खेल मात्र खेलेका थिए ।भारतका पछिल्ला तीन महत्त्वपूर्ण खेलमा शानदार प्रदर्शन गरेका उनले तीन अर्धशतकसहित ३२१ रन बनाए ।

Advertisement Banner
Previous Post

आम निर्वाचन र हार–जित राजनीतिमा स्वाभाविक प्रक्रिया हुन् : रामकुमार झाँक्री

Next Post

सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

Editorial Team

Editorial Team

Next Post
सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

Recommended

Bangladesh Election Commission seeks additional police protection for top officials amid unrest

Bangladesh Election Commission seeks additional police protection for top officials amid unrest

5 months ago
Bird flu outbreak puts Jhapa and Morang on high alert

Bird flu outbreak puts Jhapa and Morang on high alert

2 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.