Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

एनेस्थेसियोलोजिस्ट’ अभावले सिन्धुली अस्पताल ठप्प

एक महिनादेखि अप्रेसन सेवा बन्द, बिरामी महँगो उपचारका लागि बाहिर धकेलिँदै

Editorial Team by Editorial Team
March 10, 2026
in Health & medicine, Nepal
0
एनेस्थेसियोलोजिस्ट’ अभावले सिन्धुली अस्पताल ठप्प
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली – सिन्धुली जिल्ला अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने विशेषज्ञ डाक्टर) नहुँदा पछिल्लो एक महिनादेखि अस्पतालको शल्यक्रिया सेवा पूर्ण रूपमा ठप्प भएको छ। एउटा मात्र विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी आधारभूत अप्रेसन सेवाबाट वञ्चित हुनुपरेको छ भने सामान्य उपचारका लागि समेत बिरामीहरूलाई काठमाडौं र जनकपुर धाउनुपर्ने बाध्यता सिर्जना भएको छ।
अस्पतालमा एनेस्थेसियोलोजिस्ट नहुँदा खुट्टा भाँचिएको बिरामीदेखि बच्चा जन्माउने शल्यक्रिया (सिजेरियन), एपेन्डिक्स तथा पित्तथैलीजस्ता सामान्य अप्रेसनहरू समेत रोकिएका छन्। जिल्लामा हाडजोर्नीका दुई जना विशेषज्ञ डाक्टर कार्यरत भए पनि बिरामीलाई बेहोस पार्ने विशेषज्ञ नहुँदा उनीहरूले चाहेर पनि शल्यक्रिया गर्न सकिरहेका छैनन्।
यसले गर्दा बिरामीहरूलाई तत्कालै अन्य शहरका अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएको छ। जसका कारण आर्थिक रूपमा कमजोर बिरामीहरू झन् ठूलो समस्यामा परेका छन्।
दुर्घटनाका बिरामी पनि जिल्लामै उपचार पाउन सकेनन्
हिजो मात्र सिन्धुलीको भिमान क्षेत्रमा भएको दुर्घटनामा खुट्टा भाँचिएर घाइते भएका फिक्कल गाउँपालिकाका सुदिप अधिकारीलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको थियो। तर एनेस्थेसियोलोजिस्टको अभावका कारण अस्पतालमै अप्रेसन सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रिफर गर्नुपरेको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालमा सामान्य अप्रेसन गर्न सक्ने सबै सुविधा हुँदाहुँदै पनि विशेषज्ञ अभावका कारण बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था आएको स्थानीयहरूले बताएका छन्।
सुदिप अधिकारीको उपचार सिन्धुलीमै सम्भव भएको भए करिब १० हजार रुपैयाँमै अप्रेसन सम्पन्न हुन सक्थ्यो। तर काठमाडौं लैजानुपर्दा एम्बुलेन्स खर्च मात्रै १० हजार रुपैयाँभन्दा बढी परेको परिवारले जनाएको छ। यसबाहेक काठमाडौंमा हुने उपचार खर्च छुट्टै हुने भएकाले परिवार आर्थिक रूपमा थप दबाबमा परेको छ।
सामान्य अप्रेसनका लागि पनि काठमाडौं–जनकपुर धाउनुपर्ने बाध्यता
सिन्धुली अस्पतालमा अप्रेसन सेवा बन्द भएपछि अहिले जिल्लाका अधिकांश बिरामीहरू उपचारका लागि काठमाडौं र जनकपुरका अस्पताल पुग्न बाध्य भएका छन्। सामान्य शल्यक्रिया पनि जिल्लामै नहुँदा बिरामीलाई आर्थिक, समय र मानसिक रूपमा ठूलो बोझ परेको स्थानीयको गुनासो छ।
पित्तथैली, एपेन्डिक्स, सिजेरियनजस्ता दैनिक रूपमा हुने अप्रेसनसमेत रोकिएपछि ग्रामीण भेगका बिरामी झन् बढी समस्यामा परेका छन्। धेरै बिरामीहरू आर्थिक अभावकै कारण उपचार ढिला गर्न बाध्य भएको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन्।
अस्पतालमा अप्रेसन सेवा पुनः सुरु हुने कुनै संकेत छैन
सिन्धुली अस्पतालमा विगत केही वर्षयता शल्यक्रिया सेवा क्रमशः विस्तार हुँदै गएको थियो। अस्पतालका अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै यहाँ ५०० भन्दा बढी विभिन्न प्रकारका अप्रेसन सफलतापूर्वक सम्पन्न भएका थिए।
तर अहिले एउटा एनेस्थेसियोलोजिस्टको अभावले अस्पतालको सम्पूर्ण शल्यक्रिया सेवा ठप्प भएको छ। जसले अस्पतालको सेवा प्रणाली नै प्रभावित भएको देखिन्छ।
स्थानीय निकायको बेवास्ता
अस्पतालमा सेवा ठप्प भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि यस विषयमा सम्बन्धित निकाय गम्भीर नदेखिएको आरोप स्थानीयले लगाएका छन्।
स्थानीयका अनुसार न त अस्पताल विकास समितिले यस विषयमा सक्रियता देखाएको छ, न नगरपालिकाले नै आवश्यक पहल गरेको छ। बिरामीहरू दिनहुँ समस्या भोगिरहेका भए पनि समाधानका लागि ठोस पहल नदेखिएको उनीहरूको गुनासो छ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयमा समेत सरोकारवाला निकाय मौन बस्नु अत्यन्त दुःखद भएको स्थानीय बुद्धिजीवीहरू बताउँछन्।
तत्काल समाधानको माग
स्थानीय नागरिक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले तत्काल सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूका अनुसार एउटा विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन नसक्दा हजारौं नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु गम्भीर विषय हो। समयमै समाधान नभए जिल्लाका बिरामीले अझ ठूलो समस्या भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।
स्थानीय बासिन्दाहरूको भनाइ छ— यदि सम्बन्धित निकायले समयमै पहल नगरे भने स्वास्थ्य सेवा संकट अझ गम्भीर बन्न सक्छ।जिल्ला अस्पतालमा सामान्य शल्यक्रिया सेवा सञ्चालन हुन सके मात्रै पनि हजारौं नागरिकलाई राहत मिल्ने भन्दै उनीहरूले तत्काल एनेस्थेसियोलोजिस्ट नियुक्त गरी सेवा पुनः सुरु गर्न माग गरेका छन्।

Advertisement Banner
Previous Post

International flight volume at TIA drops by 44% amid airspace closures

Next Post

यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

Editorial Team

Editorial Team

Next Post
यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

Recommended

Gen Z protest probe commission seeks one-month extension in Nepal

Gen Z protest probe commission seeks one-month extension in Nepal

9 months ago
युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता

युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.