Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

Editorial Team by Editorial Team
March 10, 2026
in Nepal, News, Politics
0
यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम करिबकरिब आइसकेको छ । प्राप्त मतपरिणामलाई हेर्दा यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छन् । प्रत्यक्ष निर्वाचन जितेका ४० वर्षमुनिकै ५४ जना सांसद यसपटक संसदमा देखिने भएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट केही अरु थपिन सक्छन् ।प्रत्यक्ष निर्वाचित ४० मुनिका तीन सांसद नेपाली कांग्रेस, दुई नेकपा एमाले, एक राप्रपा र एक श्रम संस्कृति पार्टीबाट रहेका छन् । त्यसबाहेक सबै युवा सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनिएका छन् ।
देशभरबाट जनलहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीकै उम्मेदवारका रुपमा उभ्याएका ३६ वर्षीय बालेन शाह (बालेन) भारी मतले विजयी भए । त्यो पनि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएर उनले नयाँ रेकर्ड नै कायम गरे । ६८,३४८ मतले बालेन विजयी हुँदा ओली १८,७३४ मतमै सिमित भए ।त्यस्तै, रास्वपाबाटै ३० वर्षीया सोविता गौतम चितवन–३ बाट विजयी भइन् । उनले ५९,८१४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल २०,६१५ ल्याएर पराजित बनिन् ।
सुनसरी–२ बाट ३९ वर्षीय लालविक्रम थापा विजयी हुँदा नेपालीका कांग्रेसका राजीव कोइराला पाराजित बने । रुपन्देही–२ बाट रास्वपाकै २८ वर्षीय सुलभ खरेल विजयी हुँदा नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल करिब ४३ हजार मतान्तरले पराजित भए ।
मोरङ–६ मा पनि रुविना आचार्यले पनि नेपाली कांग्रेसका प्रभावशाली मानिएका नेता शेखर कोइरालालाई करिब ४२ हजार मतान्तरले हराइन् । रास्वपाकी आचार्य जम्मा ३१ वर्षकी भइन् ।
बालेन शाहनिकट मानिएका ३५ वर्षीय सुनिल लम्सालले पनि रुपन्देही–१ बाट नेपाली कांग्रेसका हिराबहादुुर खत्रीलाई पराजित गरेर संसदको यात्रा तय गरे । त्यस्तै, रास्वपाकै ३३ वर्षीय बदनकुमार भण्डारीले नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई काभ्रे–२ मा पराजित गरे ।
नवलपुर–१ बाट विजयी भएका राजन गौतम पनि ३९ वर्षका भए । उनले नेपाली कांग्रेसका नेता बालकृष्ण घिमिरेलाई पराजित गरेका छन् ।
यसअघि नै रास्वपाबाट समानुपातिक सांसद बनेकी २९ वर्षीया निशा डाँगीले नेपाली कांग्रेसका नेता केशवराज पाण्डेलाई झापा–१ मा पराजित गरि दोस्रोपटक संसद प्रवेश गर्ने भएकी छन् ।
दाङ–३ बाट रास्वपाकै कमल सुवेदी निर्वाचित भएका छन् । ३८ वर्षीय उनले नेपाली कांग्रसका नेता दीपक गिरीलाई हराए । दाङ–२ बाटै रास्वपा उम्मेदवार ३९ वर्षीय विपिनकुमार आचार्यले एमाले महासचिव शंकर पोखरेललाई हराएका छन् ।
ललितपुर–३ बाट ३६ वर्षीया तोसीमा कार्की दोस्रोपटक विजयी भइन् । सर्लाही–२ बाट रास्वपाकै ३८ वर्षीय रविन महतोले जितेका छन् ।
भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेतलाई हराएका रास्वपा उम्मेदवार राजीव खत्री पनि जम्मा ३९ वर्षका छन् । त्यस्तै, रास्वपाकै कान्छोमध्येका एक उम्मेदवार २६ वर्षीय मनीष खनालले नेकपा एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई नवलपुर–२ मा पराजित गरे ।
रास्वपाका उम्मेदवार तथा पूर्वखेलकुदमन्त्री २८ वर्षीय बब्लु गुप्ता पनि सिराहा–१ मा विजयी भए । उनले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई हराए ।
बारा–४ मा रास्वपाबाट ३९ वर्षीय रहबर अन्सारी विजयी भए । उनले नेपाली कांग्रेसका कृष्णकुमार श्रेष्ठलाई पराजित गरे । त्यस्तै, मोरङ–४ बाट ३४ वर्षीय सन्तोष राजवंशी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै विजयी भए ।
जेनजी आन्दोलनका अगुवासमेत रहेका ३० वर्षीय शिवशंकर यादवले पनि नेपाली कांग्रेसका रामचन्द्र यादवलाई हराउँदै सिराहा–२ मा जित हासिल गरे । अभियान्ताको छवि बनाएकी आसिका तामाङमा रास्वपाबाट सांसद बन्ने भएकी छन् । ३७ वर्षीया उनले धादिङ–१ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई उछिनेकी हुन् ।
रुपन्देही–५ बाट नेकपा एमालेका खिमलाल भट्टराईलाई हराउँदै ३८ वर्षीय तौफिकअहमद खान रास्वपाबाट विजयी भए ।
झापा क्षेत्र नम्बर ३ मा राप्रपाकै अध्यक्ष रहेका राजेन्द्रप्रसाद लिङ्देनलाई हराउँदै हराउँदै रास्वपाका ३७ वर्षीय प्रकाश पाठक विजयी भए । सप्तरी–१ मा पनि रास्वपाकी ३६ वर्षकी पुष्पाकुमारी चौधरीले विजय प्राप्त गरिन् ।
सिराह–४ मा तपेश्वर यादवले नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकलाई उछिने । यादव जम्मा ३३ वर्षका भए ।
मकवानपुर–१ बाट रास्वपाका ३७ वर्षीय प्रकाश गौतमले नेपाी कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई हराउँदै संसदको यात्रा तय गरे । अर्घाखाँची–१ मा पनि रास्वपाका ३७ वर्षीय हरिप्रसाद भुसालले जित हात पारेका छन् ।
रास्वपा सभापति रवि लामिछानेनिकट मानिने ३८ वर्षीय दिपकराज बोहराले पनि कंचरपुर–२ बाट जित हात पारेका छन् । उनले नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई पराजित गरेका हुन् ।
महोत्तरी–२ बाट रास्वपा उम्मेदवार ३४ वर्षीय दीपककुमार साह निर्वाचित भए, जसले जनता समाजवादी पार्टी, नेपालका शतरसिंह भण्डारीलाई भारी मतान्तरले उछिने । त्यस्तै, महोत्तरी–३ मा पनि रास्वपाका ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् ।
दोलखा क्षेत्र नम्बर १ मा पनि रास्वपाका ३६ वर्षीय ई. जगदीश खरेलले नेकपा एमाले नेता तथा पूर्वमन्त्री पार्वत गुरुङलाई उछिनेर सांसद बने । ३६ वर्षीय रास्वपा उम्मेदवार सुशीलकुमार कानुले पनि पर्सा–२ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियालाई उछिनेका छन् ।
हेभिवेट नेताबीच प्रतिस्पर्धा मानिएको काठमाडौं–५ मा पनि २९ वर्षीय सस्मित पोखरलले जित हात पारे । रास्वपा उम्मेदवार उनले नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र राप्रपाका कमल थापालाई उछिने ।
मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेतीले नेकपा एमालेका नेता महेशकुमार बर्तौलालाई पराजित गरे । रास्वपाका उप्रेती सम्भवत: यसपटक विजयी हुनेमध्ये सबैभन्दा कान्छ सांसद हुन् ।
३४ वर्षीय रास्वपा उम्मेदवार सागर ढकालले पनि गुल्मी–१ मा एमाले नेता प्रदीपकुमार ज्ञवालीलाई जितेर सवपा उम्मेदवार खगेन्द्र सुनार विजयी भए ।
काठमाडौं–४ बाट निर्वाचित रास्वपा सांसद पुकार बम पनि ३८ वर्षका छन् । सप्तरी–२ मा ३० वर्षीय रामजी यादव विजयी भएका छन् । त्यस्तै, रुपन्देही–४ मा पनि रास्वपाका ३६ वर्षीय कन्हैया बनियाँले जितेका छन् ।
प्युठान–१ मा पनि नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेललाई पराजित गर्दै रास्वपाका ३१ वर्षीय सुशान्त वैदिक विजयी भए । स्याङ्जा–२ मा पनि रास्वपाका ३३ वर्षीय झविलाल डुम्रे विजयी भए ।
रास्वपाका ३९ वर्षीय सुशील खड्काले बाग्लुङ–१ बाट जित हात पारे । कैलाली–३ मा पनि रास्वपाकै ३९ वर्षीय जगतप्रसाद जोशी विजयी भए । कैलाली–२ मा पनि कान्छा मध्येका एक उम्मेदवार मानिएका रास्वपाका केपी खनालले जित हात पारे ।
सिन्धुली क्षेत्र नम्बर १ मा पनि रास्वपाका ३८ वर्षीय धनेन्द्र कार्कीले जित हात पारे । उनले नेकपा एमालेका प्रदीपकुमार कटुवाललाई उछिनेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा पनि ३० वर्षीया रञ्जु दर्शनाले नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीलाई उछिनेर जित हात पारिन् । त्यस्तै, बागलुङ–२ मा पनि रास्वपाका ३४ वर्षीय सोम शर्माले जित हात पारे ।
यसरी रास्वपाबाट धेरै सांसद युवा देखिँदा गोरखा–१ मा भइरहेको मतगणनामा पनि सुधन गुरुङले अग्रता लिइरहेका छन् । प्राप्त परिणामको रुझानलाई हेर्दा सो क्षेत्रमा पनि ३८ वर्षीय गुरुङ संसद प्रवेश गर्ने लगभग निश्चित देखिन्छ ।
त्यस्तै, नेपाली कांग्रेसबाट पनि तीन जना ४० वर्षमुनिका सांसद विजयी भएका छन् । जस्तो – रौतहट–२ मा ३९ वर्षीय मो. फिरदोश आलम विजयी भएका छन् ।
पाल्पा–१ मा पनि नेपाली कांग्रेसका ३८ वर्षीय सन्दीप राना विजयी भएका छन् । नेपाली कांग्रेसभित्रै कान्छा सांसद रहेका ३२ वर्षीय योगेश गौचन थकाली पनि मुस्ताङ–१ बाट विजयी बने ।
नेकपा एमालेबाट पनि दुई जना सांसद ४० वर्ष मुनिका छन् । हालसम्म दश जनाले प्रतिनिधिसभा जित्दा इलाम–२ बाट ३६ वर्षीय सुहाङ नेम्वाङ र ३८ वर्षीय क्षितिज थेबे ताप्लेजुङ–१ बाट विजयी भएका हुन् ।
त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट पनि २९ वर्षीय आरेन राई खोटाङ–१ बाट विजयी भएका छन् ।
जम्मा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि ३४ वर्षीय ज्ञानबहादुर शाही जुम्ला क्षेत्र नम्बर १ बाट सांसद बनेका छन् । यसरी यसपटक तुलानात्मक रुपमा धेरै युवा सांसद प्रवेश गरेको प्राप्त मतपरिणामबाट देखिन्छ

Advertisement Banner
Previous Post

एनेस्थेसियोलोजिस्ट’ अभावले सिन्धुली अस्पताल ठप्प

Next Post

चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग

Editorial Team

Editorial Team

Next Post
चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग

चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग

Recommended

Rastriya Swatantra Party Chair Rabi Lamichhane to be released only on Friday 

Proportional Representation (PR) closed list will be reviewed: President Lamichhane

9 months ago
Bangladesh: Ex-minister and Awami League leader Ramesh Chandra Sen dies in jail custody

Bangladesh: Ex-minister and Awami League leader Ramesh Chandra Sen dies in jail custody

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.