मेयर हर्कले भेटे प्रधानमन्त्रीदेखि समकक्षी बालेनसम्म

काठमाडौं । काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीच मंगलबार भेटवार्ता भएको छ । हर्क साम्पाङकाे सचिवालयका एक सदस्यका अनुसार साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर बालनेलाई भेटेका हुन् । भेटमा दुई महानगरपालिकाको विकासमा भएका प्रयासबारे कुराकानी भएको छ ।

साम्पाङ धरानकाे खानेपानी योजनाका लागि संघीय सरकारबाट बजेट व्यवस्थापन गराउन काठमाडौँ आएका हुन । भेटमा दुई मेयरले एक–अर्कालाई ‘सिलाम साक्मा’ (लिम्बू जातीले शुभकार्यमा शरीरमा धारण गर्ने वस्तु) ले सम्मान गरेका थिए ।

यसअघि साेमबार साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेका थिए ।

उनले शहरी विकासमन्त्री सीता गुरुङलाई पनि भेटेर यसको पहल गर्न भनेका छन् ।

प्रधानमन्त्रीको सचिवालय सदस्य मनहरी तिम्सिनाका अनुसार प्रधानमन्त्रीले धरानको विकासका लागि आवश्यक पहल गर्न सकारात्मक रहेको बताएका थिए । साम्पाङसँगै धरानका उपमेयर अइन्द्रबिक्रम बेघा पनिसँगै प्रधानमन्त्री भेट्न गएका थिए ।

यस्तै मेयर र उपमेयरको टोटीले शिक्षामन्त्री अशोक राई, तथा भौतिक पूर्वधारमन्त्री प्रकाश ज्वालालाई पनि भेटेका थिए ।

 

Comments are closed.