साताका बिशेष चाडपर्व::
चैत २७ गते भैरव भद्रकाली रथयात्रा आरम्भ
चैत ३० गते अस्टमीव्रत, गोरखकाली पुजा
२०८० बैशाख १ गते नववर्षारम्भ,बैशाखसक्रान्ति
मेष :-🐏
(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ।पारीवारिक कलहको सामना गर्नु पर्ला।सबारी साधनको प्रयोमा बिशेष साबधानि राख्नुपर्ने समय रहेको छ। सामान्य कार्यका निम्ती समेत धेरै श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ।सन्तानको चिन्ताले सताउने छ।नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ।मित्रहरू सङ्ग वैमनस्य बढ्नेछ तसर्थ मित्रहरू टाढिदै जानेछ्न।नजिकका सहयोगिहरुबाट धोका हुने प्रवलता छ ।लगानीमा फाईदानै छ।स्वास्थ्यमा बाधा हुनेहुदा सतर्कता अपनाउनु होला।माता बगलामुखीको आराधना गर्नु शुभ छ।(राशी स्वामी:मंगल/शुभ रंग :रातो)
वृष :-🐂
(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता पति/पत्निको अग्रसरताले कार्य सम्पादनमा केही लाभ रहनेछ।अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ,नजिकका मित्र तथा दाजु भाईहरु सङ्गको सम्बन्धमा शत्रुता उत्पन्न हुन सक्नेछ।स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ,पराई ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ।भगवान शिवको आराधना गर्नु शुभ छ।(राशी स्वामी:शुक्र/शुभ रंग :सेतो उज्यालो )
मिथुन :-👭
(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता प्रतिस्पर्धीहरु कमजोर हुनेहुदा आत्मउन्नति हुनेछ। आर्यआर्जनमा बिषेश फाईदा रहला,नयाँकार्यको प्रारम्भले मन प्रशन्न रहला।शारीरिक आलस्यताले अध्ययनको क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ।शत्रु परास्त हुनेछन तथा शुभ चिन्तकको वृद्धि हुनेछ।स्वास्थ्यना सामान्य समस्या आउनेछ।यात्राका निम्ती खर्च गर्नु पर्नेछ।लगानीबाट सोचेजस्तो फाईदा छैन।लक्ष्मीनारायणको आराधना गर्नु शुभ छ।(राशी स्वामी :बुध/शुभ रंग :हरियो र पहेंलो )
कर्कट:- 🦀
(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता मित्रजनको साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ।शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिने हुदा काम गर्न समस्या आउनेछ।पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ, सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ। सामाजिक कार्यमा सहभागी हुने समय रहेकोछ।मानसिक तनावका कारण केही कठिनाइको सामना गर्नुपर्ने छ।आर्थिक क्षेत्र मध्यम रहन्छ।(राशी स्वामी:चन्द्रमा/शुभ रङ:सेतो)
सिंह :-🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता मनोरञ्जनको कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ।तपाईंको प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यकता रहने समय रहेको छ।पारिवारीक झैझमेलाको सम्भाबना रहेको छ।यात्रा फाईदाजनक हुनेछ।यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ, प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला।स्वास्थ्य मजबुत हुनेछ।भक्तिमा मन जानेछ।(राशी स्वामी:सुर्य/शुभ रंग :सिंदुरे र रातो)
कन्या :-👧🏻
(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता खान पानमा सजग रहनु उत्तम रहनेछ। सामान्य चोट पटकको सम्भाबना रहेपनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ।कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा वृद्धि हुनेछ।सामान्य स्वास्थ्य समस्या आउनेछ।चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला।खर्च भने बढ्नेछ, यात्राबाट फाईदा छैन।निर्णय शक्तिमा कमी आउनेछ।माता सरस्वतीको आराधना गर्नु शुभ छ।(राशी स्वामी:बुध/शुभ रंग:हरियो र पहेलो)
तुला :-
(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता भौतिक श्रोत साधन घर जग्गामा सामान्य खर्च गर्नु पर्नेछ।प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ।मान्यजनको साथ र सहयोगको कमी महसुस हुनेछ ।नयाँ कार्यको थालनिले मनमा खुशी पैदा गर्नेछ,पुरानो लगानि उठाउने राम्रो समय रहेको छ।पति/पत्निबिच सामान्य विवाद रहला।सन्तानको स्वास्थ्यको चिन्ता रहनेछ।लामो यात्रामा नजानुनै बेश छ।भगवान शिवको आराधना गर्नु शुभ छ।(राशी स्वामी:शुक्र /शुभ रंग :सेतो)
वृश्चिक :-🦂
(तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ।मनमा उत्पन्न डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ।अरु ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ,खराब संगतका कारण सामान्य अपजस सहनु पर्ला।घर निर्माणको सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ।पुरानो डुबेको रकन उठ्नेछ।रिसलाई नियन्त्रणमा राख्नुहोला।(भगवान श्रीगणेशको आराधना गर्नु शुभ हुनेछ।(राशी स्वामी:मंगल/शुभ रंग:रातो)
धनु :-🏹
(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता प्रिय ब्यक्तिको भेटघाटले मन प्रशन्न रहनेछ एवं पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ,शुभचिन्तक ब्यक्ति सगँको भेटघाटको अवसर जुट्नेछ,सामान्य कोशिशमा मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ,ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ। कार्य क्षेत्रमा सामान्य ढिलाईको हुन सक्छ।शेयरमा केही लाभ छ।फजुल खर्चमा नियन्त्रण राख्नुहोला।(राशी स्वामी:वृहस्पति/शुभ रंग :पहेंलो )
मकर:- 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता नयाँ कार्यको थालनिले मनमा खुशी दिनेछ भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ,पारिवारिक मेल मिलाप बढेपनि दाम्पत्य सुखमा बाधा आउने हुदा क्रोधमा नियन्त्रण राख्नु होला।ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ, सामाजिक कार्यमा लाग्नुपर्ने समय छ।लेनदेनमा अलिक विचार गर्नुहोला।शिक्षा क्षेत्र सफल छ।भगवान महादेवको आराधना गर्नु शुभ छ।(राशी स्वामी:शनि/शुभ रंग:कालो र नीलो)
कुम्भ :-⚱
(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता निर्णय गर्ने क्षमतामा कमि आउनेछ,नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउने देखिन्छ ,शुभचिन्तक र आफन्तको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ। सामान्य खर्च बढेपनि पनि मनमा चिन्ता भने रहने छैन,पुराना आफन्त जन सङ्ग भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ।स्वास्थ्यमा केही सुधार आउनेछ।पति/पत्नि एवं प्रेमी प्रेमिकाबिच मनमुटाव आउनेछ।लगानी गरेको काममा त्यति फाईदा छैन।धैर्य र संयम राख्नु होला।गौरीशंकर भगवानको आराधना गर्नु शुभ छ।(राशी स्वामी:शनि/शुभ रंग:कालो र नीलो)
मीन:-🧜♀
(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता सामान्य चोटपटकको सिकार भईन सक्छ सतर्क रहनु होला, मान्यजन संगको सम्बन्ध खराब हुने समय छ । बिद्या प्राप्तिको योग रहेको छ, सन्तानको समस्याले सताउने छ,पराईको पूर्ण विश्वास नगर्नुनै राम्रो रहनेछ।मनोरञ्जनका सरसामानकोज क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ।स्वास्थ्यमा केही समस्या आउछ।संचित धनको व्यय बढ्नाले तनान हुनेछ।पति/पत्निको सम्बन्ध केही सुधार हुने देखिन्छ।शेयरमा केही लाभ भने हुनेछ।(राशी स्वामी:गुरु/शुभ रंग:पहेंलो)भगवान भोलेनाथको आराधना गर्नु शुभ छ।
ज्यो मिलनकृष्ण पोखरेल
भरतपुर १० चितवन
९८४५८८८१६५
Comments are closed.