प्रचण्ड-माधवहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाए : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरूले सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।
कम्युनिस्ट पार्टी एकता र एकीकरणको माध्यमाबाट दुई तिहाइको अवस्थामा पु¥याइएको तर प्रचण्ड–माधव नेपालहरूले सस्तोमा बिकेर त्यसलाई ध्वस्त बनाएको ओलीको जिकिर थियो ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनीहरू कतिमा बिकेभन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरूले नबुझेको समेत बताए ।
ओलीले कम्युनिस्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दाबी समेत गरे । उनले भने, ‘कुनै पनि कम्युनिस्टहरू हाम्रै पार्टीबाट गएका हुन है । प्रचण्ड कहाँबाट गएका रु यही कम्युनिस्ट पार्टीबाट ऐझेरु पलाएझैँ पलाएको त हो नि । २००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र । यो पार्टी त पछिसम्म एउटै थियो । दुई तिहाइ पु¥यायौ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर टुप्पामा बस्ने नेताहरूलाई सही सक्नु भएन । र, उनीहरू विके । यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला । कुनै कारणविना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला । सस्तो मूल्यमा । के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो । बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौँ । तर भित्री कुरा हामीलाई थाहा छैन ।’
ओलीले प्रचण्ड र माधव नेपालहरूले कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँड्नु बेकार रहेको टिप्पणी समेत गरे । उनले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्ष भित्र मुलुकबाट गरिबी समाप्त पारिदिने बताए ।
२५ वर्ष भित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाई थियो । उनले भने, ‘म घोषणा गर्न चाहन्छु–आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउने छ । रोक्ने शक्ति कोही छ भने रोक्नुस् । यस अभियानलाई रोक्न सक्ने कोही छ भने रोकोस् । यो लुकेर भनिएको छैन । खुलेआम भनिएको छ । आउँदो निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउँछ । अर्को त्यसपछिको १० वर्षमा नेकपा एमालेले विकाशशील राष्ट्रको राम्रै स्तरमा यस देशलाई उकास्छ । र, यस देशबाट गरिबी भन्ने कुरा समाप्त पार्ने छ । र, खान, लगाउन पुग्ने देशको रूपमा, गरिबी नभएको देशको रूपमा र आधारभूत आवश्यकता परिपूर्ण भएको देशको रूपमा १० वर्षको अवधिमा यसले विकास गर्छ । त्यस कामको नेतृत्व नेकपा एमालेले गर्छ । त्यसपछि जब नेकपा एमाले सय वर्ष पुग्छ । त्यति बेला नेपाल एउटा आधुनिक विकसित राष्ट्र बनाउनै छौँ आगामी २५ वर्षमा । त्यस कामको नेतृत्व नेकपा एमालेले गर्छ ।’
ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यसमा केन्द्रित भएर लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

 

Comments are closed.