Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसले सभापति थापाको राजीनामा अस्वीकार

Editorial Team by Editorial Team
March 23, 2026
in Nepal, News, Politics
0
गगन थापाले दिए काँग्रेस सभापति पदबाट  राजीनामा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकार गरेको छ।पार्टी केन्द्रीय कार्यसमितिको सानेपास्थित केन्द्रीय कार्यालयमा दुई दिनसम्म बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकार गर्ने निर्णय गरेको हो।पार्टी प्रवक्ता देवराज चालिसेले आइतबार जारी गरेको विज्ञप्तिमा सभापति थापाले फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामप्रति नैतिक जिम्मेवारी वहन गर्दै उपसभापति समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गरेको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकार गरेको उल्लेख गरिएको छ।
निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै थापाले सभापति पदबाट राजीनामा दिएका थिए। तर, पार्टीभित्रको छलफलपछि नेतृत्व निरन्तरता आवश्यक रहेको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यसमितिले उनको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो।उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए। उक्त प्रस्तावमा व्यापक समर्थन जुटेपछि बैठकले सर्वसम्मत रूपमा पारित गरेको बताइएको छ। यद्यपि शनिबार नै बैठकबाट राजीनामा अस्वीकार गर्ने सहमति बनेको भए पनि औपचारिक निर्णय भने आइतबार सार्वजनिक गरिएको हो। यस निर्णयसँगै गगनकुमार थापा नेपाली कांग्रेसको सभापति पदमै निरन्तर रहने भएका छन्।

Advertisement Banner
Previous Post

झापामा सवारी दुर्घटना: ८ महिनामा ५० जनाको ज्यान गयो

Next Post

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

Editorial Team

Editorial Team

Next Post
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

Discussion about this post

Recommended

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

2 weeks ago
Bangladesh : Language movement veteran, lyricist of ‘Amar Bhaiyer rokte Rangano’ Abdul Gaffar Chowdhury passes away

Bangladesh : Language movement veteran, lyricist of ‘Amar Bhaiyer rokte Rangano’ Abdul Gaffar Chowdhury passes away

4 years ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.