Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

Editorial Team by Editorial Team
March 24, 2026
in News, World
0
पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– फ्रान्सको राजधानी पेरिसमा सम्पन्न नगरपालिका निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार इमानुएल ग्रेगोइरेको नेतृत्वमा रहेको उम्मेदवारको सूची विजयी भएको छ । मतदान सर्वेक्षण संस्था ‘एलाबे’ को प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै बीएफएम टिभीले ग्रेगोइरेको जितबारे जानकारी दिएको हो ।
सोसलिस्ट पार्टी, द इकोलोजिस्ट्स र फ्रान्सेली कम्युनिष्ट पार्टीको गठबन्धनद्वारा समर्थित ग्रेगोइरेको टोलीले करिव ५० प्रतिशत मत प्राप्त गरेको छ । अर्कोतर्फ, पूर्व संस्कृति मन्त्री रशिदा दातीको नेतृत्वमा रहेको ‘द रिपब्लिकन’ पार्टीको सूचीले करिव ४० प्रतिशत मत प्राप्त गरेको छ । फ्रान्समा हरेक ६ वर्षमा स्थानीय काउन्सिलर, मेयर र अन्य अधिकारीहरू चयन गर्न नगरपालिका निर्वाचन आयोजना गरिन्छ ।
अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्षको मतदान प्रणालीमा केही परिवर्तन गरिएको थियो। यस पटक स्वतन्त्र उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धामा उत्रन निषेध गरिएको थियो र मतदाताहरूले व्यक्तिगत उम्मेदवारको सट्टा उम्मेदवारहरूको ‘सूची’ लाई मतदान गरेका थिए । निर्वाचनको नियमअनुसार, पहिलो चरणमा कुनैपनि सूचीले ५० प्रतिशतभन्दा बढी वैध मत प्राप्त गर्न नसकेमा १० प्रतिशतभन्दा बढी मत ल्याउने सूचीहरू दोस्रो तथा अन्तिम चरणका लागि योग्य हुन्छन् ।
अन्तिम चरणमा सापेक्ष बहुमत प्राप्त गर्ने सूची नै विजयी घोषित हुन्छ । राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानकाअनुसार फ्रान्समा बसोवास गर्ने ३ लाख ७४ हजार युरोपेली संघका नागरिकसहित करिव ४ करोड ८७ लाख मतदाताहरू मतदानका लागि योग्य रहेका थिए ।

Advertisement Banner
Previous Post

इटालीमा ३१ औं रोम म्याराथन सम्पन्नः केन्याली धावकहरूको वर्चश्व

Next Post

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो

Editorial Team

Editorial Team

Next Post

अमेरिकी सिनेटद्वारा आन्तरिक सुरक्षा सचिवको मनोनयन प्रक्रिया अगाडि बढाइयो

Discussion about this post

Recommended

Building stronger and faster blockchains

4 years ago
Madhesh CM announces resignation after failing to secure vote of confidence

Madhesh CM announces resignation after failing to secure vote of confidence

4 months ago

Don't Miss

Balen Shah registers candidacy from Jhapa-5

PM Sushila Karki set to step down; Balen Shah likely to take oath Friday

March 24, 2026
RSP central committee meeting summoned

Supreme Court defers hearing on Lamichhane case

March 24, 2026
RSP central committee meeting summoned

RSP central committee meeting summoned

March 24, 2026

कपिलवस्तुको निषेधाज्ञा तीन दिनपछि हट्यो

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.