पश्चिम बंगाल । मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.