काठमाडौँ – इरानसँगको युद्धका कारण विश्वभर कच्चा तेलको मूल्य बढिरहेको छ र निकट भविष्यमा यसको मूल्य घट्ने सम्भावना कम देखिएको विज्ञहरूले बताएका छन् । अर्थशास्त्री विलियम ली का अनुसार अमेरिकाले आफ्नो रणनीतिक तेल भण्डारबाट बजारमा तेल पठाउन थाले पनि त्यसको प्रभाव सीमित मात्र रहनेछ । उनका अनुसार यस्तो कदमले बजारमा मनोवैज्ञानिक प्रभाव त पार्छ, तर वास्तविक रूपमा आपूर्ति भने खासै बढ्दैन ।
उनले अमेरिकासँग करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डार रहेको बताए । तर आवश्यक क्षेत्रसम्म उक्त तेल पुर्याउन समय लाग्ने भएकाले तत्काल राहत मिल्न कठिन हुने उनको भनाइ छ ।
हाल सबैभन्दा बढी माग एशियामा रहेको छ, विशेषगरी चीनबाहेकका देशहरूमा । यस्तो अवस्थामा अमेरिकाबाट तेल आपूर्ति गर्न सहज नभएको र ढिलो हुने समस्या रहेको बताइएको छ ।
विलियम लीका अनुसार तेलको मूल्यमा वास्तविक गिरावट तब मात्र सम्भव छ, जब चीनले पनि आफ्नो भण्डारबाट तेल बजारमा ल्याउछ । चीनसँग ठूलो परिमाणमा तेल भण्डार रहेको अनुमान गरिए पनि उसले त्यसबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन र हालसम्म बजारमा तेल निकाल्ने कुनै संकेत दिएको छैन ।







Discussion about this post