प्रधानमन्त्री दाहाल रास्वापा सभापति रवि लामिछानेबीच भेट

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।

उपनिर्वाचनबाट पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई बधाई दिएका थिए ।

Comments are closed.