Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

‘पहिलो नेपाल-अष्ट्रेलिया कला र साहित्य महोत्सव २०२६ ’सिड्नी अस्ट्रेलियामा सम्पन्न

Editorial Team by Editorial Team
April 2, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
‘पहिलो नेपाल-अष्ट्रेलिया कला र साहित्य महोत्सव २०२६ ’सिड्नी अस्ट्रेलियामा सम्पन्न
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

 

सिड्नी- म्याक्सवेबर लाइब्रेरी , ब्ल्याकटाउन , सिड्नीसँगको समन्वयमा, अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाली भाषा तथा सांस्कृतिक अभिव्यक्ति – साहित्य महोत्सव २०२६’, सिड्नी अस्ट्रेलियामा सम्पन्न भएको खबर छ Ι
कार्यक्रमको पहिलो सत्रमा ब्ल्याकटाउन सिटी काउन्सिलका काउन्सिलर सुसाई बेन्जामिनले अस्ट्रेलिया जस्तो बहुसाँस्कृतिक देशमा बहुसाँस्कृतिक समुदायको लागि आ-आफ्नो भाषा , साहित्य र संस्कृति उत्थान गर्न सरकारले उचित बजेट छुट्याएको छ भन्दै त्यो बजेट र श्रोत साधनको उपयोग गर्न सुझाव दिएका थिए Ι
कार्यक्रमकाे पहिलाे स्रष्टा सम्मान सत्रमा अस्ट्रेलियामा बसोबास गर्ने नेपालभाषी सत्र जना लेखकहरूले आफ्नो परिचय र पुस्तक सहित सामुहिक फोटोमा सहभागी भएका थिए Ι सो शो केसमा डा. ओम ढुंगेल , सौरभ किरण श्रेष्ठ , जानकी पौडेल, निस्प्रभ सजी, सानु घिमिरे, श्वेता मैनाली, सिमा रोशी , प्रज्ञा पनेरु , प्रकाश पन्थी , अस्मित रेग्मी , केदार पोख्रेल, भरत राई, ममता तिवारी , प्रविन टन्डन , कुमार शर्मा , भावना पराजुली, महेश्वर शर्मा लगायत लेखकहरू सहभागी भएका थिए Ι
कार्यक्रमको दोश्रो सत्रमा करीब दुइ दर्जन सर्जकहरूले नेपाली भाषामा आफ्नो कविता वाचन गरेका थिए Ι सोही समारोहमा , बहुसांस्कृतिक समुदायका लेखक अब्बास राज अलीले आफ्नो कविता उर्दू भाषामा वाचन गरेका थिए Ι
कार्यक्रमको तेश्रो सत्रमा दोश्रो पुस्ताका बालबालिकाहरूले नेपाली साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए Ι ब्ल्याकटाउन नेपाली कम्युनिटी अन्तर्गत सञ्चालित सम्झना पाठशाला र भुट्निज एसोसिएसन इन अस्ट्रेलियाले सो साँस्कृतिक कार्यक्रमलाई संयोजन गरेका थिए Ι त्यसरी नै अतिथिका रूपमा उपस्थित गायिका मथुरा श्रेष्ठले कार्यक्रममा “जहाँ छन् बुद्धका आँखा” गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको चौथो सत्रमा , अस्ट्रेलिया बसेर नेपाली साहित्यको पुस्तक प्रकाशन गरेका साहित्यकारहरू मध्ये प्रकाश पन्थीको उपन्यास “महबी मिका” माथि बहस गरिएको थियो Ι लेखक सानु घिमिरेले मोडरेट गरेको सो प्यानल डिस्कसनमा “महबी मिका” का लेखक प्रकाश पन्थी , सिड्नीकै अर्का लेखक देब पाठक र लेखक प्रज्ञा पनेरुले बहसमा उठाइएका विभिन्न प्रश्नमाथि आ-आफ्ना विचार प्रकट गरेका थिए Ι
म्याक्सवेबर पुस्तकालय र नेपाली समुदायबीच पुलको भुमिका निर्वाह गर्नु भएका साहित्यकार सौरभकिरण श्रेष्ठले स्तरीय कार्यक्रम सम्पन्न गर्न पाउँदा खुशी व्यक्त गर्दै यो कार्यक्रमले हाम्रो समुदायको साहित्यिक र सांस्कृतिक क्षमतालाई यहाँको काउन्सिल र अन्य समुदाय समक्ष पुर्याउन सहयोग गरेको बताउनु भयो Ι
ब्ल्याकटाउन नेप्लिज कम्युनिटीकी अध्यक्ष प्रकृति श्रेष्ठले कार्यक्रमको औचित्यमाथि बोल्दै स्वागत गरेकी थिईन् भने , अनेसास एन एस डब्ल्यु अस्ट्रेलियाका संयोजक डा प्रकाश पौडेलले धन्यवाद ज्ञापन गरेका थिए Ι एसोसिएसन अफ भुटनिज इन अस्ट्रेलियाको तर्फबाट दिव्या श्री आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिईन् Ι
कार्यक्रमलाई सौरभ किरण श्रेष्ठले निर्देशन र सानु घिमिरेले संयोजन गरेका थिए Ι त्यसै गरी सहआयोजकको रुपमा ब्ल्याकटाउन नेप्लिज कम्युनिटी , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एसोसिएसन अफ भुटनिज इन अस्ट्रेलिया संलग्न थिए।

Advertisement Banner
Previous Post

PM Balen Shah’s secretariat limited to 25-member team

Next Post

२७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

Editorial Team

Editorial Team

Next Post
२७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

२७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

Recommended

रम्बास् कविता:चुरा

रम्बास् कविता:चुरा

4 years ago
Russian President Vladimir Putin announces the recognition of two separatist republics in eastern Ukraine

Russian President Putin says if Ukraine does not want to resolve conflict peacefully, Moscow will accomplish its goals by force

3 months ago

Don't Miss

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

बीबीसी हिन्दीको रिपोर्टपछि कालापानी विवाद फेरि तातेकोः ऐतिहासिक प्रमाणले नेपालको दाबी बलियो

April 6, 2026
गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

गृहमन्त्री सुदन गुरुङको ‘ब्याकफुट’ ले वर्तमान सरकारको निर्णय क्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न

April 6, 2026
डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 6, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.