सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ। उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन्।
शनिबार विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण लिएको बताएको छ भने अर्को पक्षले सशस्त्र सेनाले यस्तो गरेको दाबी गरेको छ।
यसैबीच आरएसएफले राजधानी खार्तूममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई ‘कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तरराष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम’ भनेको छ। विज्ञप्ति अनुसार आरएसएफले भनेको छ, ‘राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ।’
अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपको विष्फोटपछि सुडानले विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई ठूलो मात्रामा बाहिरिएका छन्। सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा ५५० जनाको मृत्यु भएको छ भने ४,९२६ जना घाइते भएका छन्
Trending Now
- Al Jazeera shut down in Israel, confiscates goods from office
- As war in Gaza enters seventh month, 1.74 million more Palestinians will be pushed into poverty across State of Palestine according to United Nations assessment
- कांग्रेस पुग्यो गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालत
- Chinese Ambassador Congrats on Nepal’s improved food self-sufficiency, paddy harvest
- Foreign Secretary Sewa Lamsal in her keynote speech said that feminism is not a new concept in Nepal and that this movement has led to Nepal’s social, cultural and economic growth
- Families of Nepali citizens serving in the Russian Army appealed to the Prime Minister Pushpa Kamal Daha for urgent measures to rescue and bring back their loved ones
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री ‘प्रचण्ड’
- ‘मनसरा’को गीत ‘एक तार मनको’ युट्युबमा सार्वजनिक
- ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक
- डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण
Comments are closed.