काठमाडौँ– भैरहवामा ‘बुद्धको आँगनमा – गुञ्जन साहित्य उत्सव २०८२’ भव्यताकाे साथ सम्पन्न भएकाे छ।
शहीद स्मृति पुस्तकालय भैरहवा र गुञ्जन नारी साहित्य संस्था काठमाडौंको संयुक्त आयोजना तथा सिर्जनशील साहित्यिक समाज भैरहवाको सहकार्यमा शहीद स्मृति पुस्तकालयमा कार्यक्रम भएकाे हाे।
नारी स्रष्टा सरू ज्ञवालीको अध्यक्षता र गुञ्जन नारी साहित्य संस्थाको अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
शहीद स्मृति पुस्तकालय भैरहवाका सचिव रामप्रसाद घिमिरेले उपस्थित जनलाई शब्दमार्फत स्वागत गरेका थिए।
उक्त कार्यक्रममा साहित्यकार कविता पन्थीले रुपन्देहीका नारी स्रष्टा विषयक अवधारणा पत्र र लाेकप्रिय नारी साहित्यकार ईल्या भट्टराईले नेपाली साहित्यमा नारी स्रष्टाहरूको योगदान विषयक अवधारणापत्र प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा आख्यानकार भागीरथी श्रेष्ठ र कथाकार रूद्र ज्ञवालीले सम्बद्ध संस्थाहरूको परिचय र कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए।
शहीद स्मृति पुस्तकालयका पूर्वअध्यक्ष एवम् वरिष्ठ आख्यानकार वनमाली निराकारले सञ्चालन गरेकाे उक्त कार्यक्रममा हिरण्यकुमारी पाठक, डा.गार्गी शर्मा, विन्दु सुवेदी, सिर्जना शर्मा, डा. शशी थापा पण्डित, उमा सुवेदी, प्रभा बराल, इन्दिरा दीक्षित, रीता खत्री, रश्मि रिमाल र ललिता ‘दोषी’ , कविता देवकोटा रिजाल, दुर्गा थापा, कमला भण्डारी ढकाल र डा. लक्ष्मी पोखरेल लगायतले कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा शहीद स्मृति पुस्तकालयका जग्गादाता वरिष्ठ व्यक्तित्व दीर्घराज काफ्ले, वरिष्ठ साहित्यकार बूँद राना, विजय सागर, छवि ज्ञवाली, डीआर न्यौपाने ‘सूर्य’ लगायत विशिष्ट स्रष्टाहरूको उपस्थिति थियो।







Discussion about this post