नेपाली महिला टोलिले टी-२० विश्वकप छनोट खेल्ने

अर्को वर्ष बंगलादेशमा आयोजना हुने आइसीसी महिला टी– २० विश्वकपको एसिया छनोटमा नेपाली महिला टिम सहभागी हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मंगलबार जारी गरेको २०२४ को विश्वकप छनोट तालिका अनुसार एसिया छनोट अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने छ।

एसिया क्वालिफायर अगष्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

एसिया क्वालिफायरमा नेपाल र आयोजक मलेसियासहित, थाइल्याण्ड, युएई, हङकङ, भुटान, चीन, बहराइन, कुवेत, म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।

जसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन्।

एसियासहित अफ्रिका र युरोपबाट २र२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १र१ टिम ग्लोबल क्वालिफायरमा छानिनेछन्।

Comments are closed.