Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सुन तस्करी प्रकरण : पूर्वसभामुखसहित ३० जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७ करोड ७८ लाख बिगो माग

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
सुन तस्करी प्रकरण : पूर्वसभामुखसहित ३० जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७ करोड ७८ लाख बिगो माग
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले महरा, उनका छोरा राहुल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक सहसचिव अरुण पोखरेल र चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा विगो माग दाबी गरेको छ ।नेकपाका नेता समेत रहेका महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो।चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।
सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको थियो ।
अयोगले तत्कालीन प्रमुख भन्सार प्रशासक पोखरेल, प्रमुख भन्सार अधिकृतद्वय मुक्ति प्रसाद श्रेष्ठ र अम्बिका प्रसाद खनाल, भन्सार अधिकृतद्वय रमेश कुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेश प्रसाद कोईराला, रेवन्त खड्का र धुसुदन पोख्रेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
त्यसैगरी, पूर्वसभामुख महरा उनका छोरो राहुल भन्ने रेशम महरा, निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक LI HANG SONG र DAOJING WANG, बेल्जियम नागरिक DAWA TSERING, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र DEXTER TRAVELS AND TOURS PVT.LTD विरुद्ध मुद्दा दायर गरेको हो ।

Advertisement Banner
Previous Post

५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर

Next Post

असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने

Editorial Team

Editorial Team

Next Post
असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने

असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने

Recommended

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाउने घटना छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन

4 months ago
CPN (UML) Chair KP Sharma Oli unveils e-bulletin of party’s mouthpiece

KP Sharma Oli has been re-elected as the Chair of the CPN (UML) for a third term

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.