काठमाडौँ- दक्षिणी र पूर्वी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणको श्रृंखलामा १२ लेबनानी राज्य सुरक्षा सदस्यसहित १९ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् ।
आधिकारिक स्रोतहरूकाअनुसार लेबनानको नेशनल न्युज एजेन्सीले नबातियह शहरमा वर्तमान युद्ध शुरु भएदेखि यताकै सबैभन्दा तिब्र आक्रमण भएको रिपोर्ट गरेको छ । इजरायली युद्धविमानहरूले धेरै टोल र सडकहरूलाई निशाना बनाएर भारी बमबारी गर्दा व्यापक भौतिक क्षति पुगेको छ ।
सरकारी भवन नजिकै भएको आक्रमणले भवनहरू ध्वस्त पारेको छ र मानवीय क्षति निम्त्याएको छ । लेबनानी राष्ट्रपति कार्यालयका अनुसार प्रारम्भिक गणनामा आक्रमणका क्रममा १२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि भएको छ । उद्धार टोलीहरूले घाइतेहरूलाई अस्पताल पु¥याएका छन् र भग्नावशेषमुनि खोजी कार्य जारी राखेका छन् ।
रिपोर्टका अनुसार इक्लिम अल–तुफाह क्षेत्रको शहरको केन्द्रमा रहेको एक कार वास सेन्टरमा इजरायली आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, पूर्वी लेबनानको अंसार सहरमा भएको अर्को आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ ।
एक लेबनानी सुरक्षा स्रोतले बताएअनुसार इजरायली युद्धविमान र ड्रोनले गत केही घण्टामा दक्षिणी र पूर्वी लेबनानका विभिन्न स्थानहरूमा करिबव४२ पटक हवाई आक्रमण गरेका छन् । मार्चको शुरुदेखि लेबनानमा क्षेत्रीय अस्थिरताका बीच सैन्य तनाव बढ्दै गएको छ । सन् २०२४ नोभेम्बरमा युद्धविराम घोषणा भएयता पहिलो पटक मार्च २ मा हिजबुल्लाहले दक्षिणी लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि इजरायलले बेरुत र यसका दक्षिणी उपनगरहरू लगायतका क्षेत्रमा हवाई आक्रमण तिब्र पारेको हो । एजेन्सी








Discussion about this post