एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको भाउ केहि सस्तिएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनमा तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ मूल्य तोकिएको छ । हिजो १ लाख ९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको सुनमा आज एक हजार रुपैयाँले मूल्य गिरावट भएको हो ।यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ ।

 

Comments are closed.