Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

Editorial Team by Editorial Team
May 3, 2026
in Nepal, News
0
रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- लिगचरणमा बेहोरेको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दशौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा बदला लिँदै रुकुम पश्चिम पुरुषमा र पुलिस महिलामा च्याम्पियन भएका हुन् । महिलामा नेपाल पुलिसले न्यु डायमण्ड क्लबमाथि ३–१ को सेटमा रोमाञ्चक जितसँगै उपाधि उचाल्यो । पुरुषतर्पm फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोटर््स क्लवलाई ३–० को सोझो सेटमा हरायो । पुलिस र रुकुम पश्चिम दुवैले लिग चरणमा बेहोरेको हारको बदला लिएका हुन् । लिगको अन्तिम खेलमा शुक्रबार न्यु डायमण्डले पुलिसमाथि ३–२ को सेटमा जितसँगै अपराजित हुँदै उपाधि भिडन्त गरेको थियो । रुकुम पश्चिम भने लिगमा हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
महिलाको फाइनलमा मिडल ब्लक सुमित्रा रेग्मी र ओपन स्पाइकर जेनिसा विश्वकर्मा पनि चल्न सकेनन् । रिसिभ पनि राम्रो गर्न नसक्दा च्याम्पियन भएर काभा महिला क्लव च्याम्पियनसिप खेल्ने न्यु डायमण्डको लक्ष्य पूरा भएन । च्याम्पियन पुलिसले तेस्रो पल्ट च्याम्पियन हुने लक्ष्यसहित काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ । पुनम चन्दको स्थानमा अवसर पाएकी लक्ष्मी चन्दले उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सफलता पायो । रिसिभमा पनि धेरै सुधार गरेपछि पुलिसलाई न्यु डायमण्डमाथि बदला लियो । पुलिसले पहिलो सेट २५–२१ ले आफ्नो बनायो । तर न्यु डायमण्डले दोस्रो सेट २५–१६ ले जित्दै पुनरागमनको संकेत ग¥यो ।
तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । यो सेट अन्तत् पुलिसले २५–२३ ले जित्दै फेरि अग्रता लियो । चौथो सेटमा १८–१८ स्थितिसम्म पुलिसले चुनौती दियो । तर, यहाँबाट न्यु डायमण्ड समालिन सकेन र यो सेट २५–१९ ले गुमाउँदै उपाधिबाट पनि वञ्चित भयो । पुलिस चौथो पल्ट च्याम्पियन भएको हो । पुरुषतर्पmको फाइनल पनि रोमाञ्चक बन्यो । रुकुम पश्चिम र हेल्प नेपाल दुवैले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेका थिए ।
लिगमा रुकुम पश्चिमले राम्रो गर्न सकेन । तर फाइनलमा भने उत्कृष्ट प्रदर्शन ग¥यो र पहिलोपल्ट च्याम्पियन पनि भयो । रुकुम पश्चिम भलिबल केन्द्रले हेल्प नेपाल स्पोटर््स क्लबलाई पहिलो सेट २९–२७, दोस्रो सेट २५–२१ र तेस्रो सेट ३२–३० को रोमाञ्चक रूपमा हरायो ।
महिलामा विजेता पुलिसले र पुरुषमा विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गरे । महिलामा उपविजेता न्यु डायमण्ड र पुरुषमा उपविजेता हेल्प नेपाल स्पोटर््स क्लबले समान पाँच लाख रुपैयाँ पाए ।
एभरेस्ट महिला भलिबल क्लव र पुरुषमा नेपाल पुलिस क्लव तेस्रो भए । दुवैले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे । नेपाल भलिबल संघ (एनभिए) को आयोजना भएको एनभिए लिगमा महिलातर्पm ६ र पुरुषमा आठ टोलीले प्रतिष्पर्धा गरेका थिए । गत पुसमा सम्पन्न एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गरेका हुन् । पुरुषमा हेल्प नेपाल, आर्मी क्लब, लुम्बिनीको खिल्जीसँगै नेपाल पुलिस क्लब, एपिएफ, पश्चिम रुकुम भलिबल टिम, कोसी प्रदेश र बुढानीलकण्ठले प्रतिस्पर्धा गरेका थिए । महिलामा भने न्यु डायमण्ड युथ स्पोटर््स क्लव, पुलिस, एपिएफ, सुदूरपश्चिम प्रदेश, एभरेस्ट र आर्मी क्लवको प्रतिष्पर्धा रह्यो ।

Advertisement Banner
Previous Post

लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

Next Post

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

Editorial Team

Editorial Team

Next Post
नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

Recommended

Nepal Govt committed to combat human trafficking: Minister Shrestha

Nepal Govt committed to combat human trafficking: Minister Shrestha

8 months ago
Cheers to an ‘approachable’ Big Red Cranberry Sour beer

Cheers to an ‘approachable’ Big Red Cranberry Sour beer

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.