Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

लिपुलेकको विषयमा भारत-चीनसँग नेपालको विरोध, पठायो पत्र

Editorial Team by Editorial Team
May 4, 2026
in Nepal, News
0
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –सरकारले नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको विषयमा भारत र चीनलाई पत्र पठाएको छ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ताले विज्ञप्ति मार्फत नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका विषयमा मिडियाबाट सोधिएका प्रश्नको जवाफ दिनेक्रममा सो जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनेको छ:
१. नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सोधिएका प्रश्न र चासोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ।
२. १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग छ।
३. नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ।
४. यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको छ।
५. साथै, लिपुलेक क्षेत्र नेपाली भू-भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराई सकिएको बेहोरा स्पष्ट पारिन्छ।
६. नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि-सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध छ।

Advertisement Banner
Previous Post

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Editorial Team

Editorial Team

Discussion about this post

Recommended

Nepal: Commercial and development banks collectively spent Rs 16.56 billion on office operations during the first five month

Nepal: Commercial and development banks collectively spent Rs 16.56 billion on office operations during the first five month

3 months ago
आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

4 months ago

Don't Miss

मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

लिपुलेकको विषयमा भारत-चीनसँग नेपालको विरोध, पठायो पत्र

May 4, 2026
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

May 4, 2026
भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशको निर्वाचनको मतगणना आज

May 4, 2026
अल नासर अल कादसियासँग पराजित

अल नासर अल कादसियासँग पराजित

May 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.