Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

म तपाईंलाई महान् नेता भन्छु, तर आलोचना सहनुपर्छ चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले भने –

Editorial Team by Editorial Team
May 14, 2026
in News, World
0
म तपाईंलाई महान् नेता भन्छु, तर आलोचना सहनुपर्छ चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले भने –
0
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई “महान् नेता” को संज्ञा दिएका छन् ।
बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल्स’मा आयोजित विशेष स्वागत समारोहका क्रममा ट्रम्पले चिनियाँ आतिथ्यको खुलेर प्रशंसा गर्दै सीसँगको सम्बन्धलाई विश्व राजनीतिका लागि महत्वपूर्ण बताएका हुन् ।
ट्रम्पले सीलाई “एकदम राम्रो र महान् नेता” भन्दै प्रशंसा गरे । उनले हाँस्दै भने, “म तपाईंलाई महान् नेता भन्छु, तर त्यसो गर्दा कहिलेकाहीँ मलाई आलोचना पनि सहनुपर्छ ।”
औपचारिक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले वर्तमान विश्व अनेक जटिल संकटबाट गुज्रिरहेको उल्लेख गर्दै शक्तिशाली राष्ट्रहरूबीचको सहकार्यले मात्रै स्थायित्व र समाधान दिन सक्ने बताए ।
‘आज संसार विभिन्न जटिल समस्याले जेलिएको छ,’ सीले भने, ‘तर ठूला शक्तिहरूबीच विश्वास र सहकार्य कायम रहँदा ती चुनौती समाधान गर्न सकिन्छ । चीन र अमेरिकाले प्रतिस्पर्धाभन्दा सहकार्य रोज्न सक्छन् भन्ने सन्देश विश्वलाई दिन सक्छन् ।’
सीको सम्बोधनपछि प्रतिक्रिया दिएका राष्ट्रपति ट्रम्पले चिनियाँ स्वागत शैली, सैनिक सम्मान र कार्यक्रममा सहभागी बालबालिकाको उत्साहबाट आफू प्रभावित भएको बताए ।
‘सेनाको प्रदर्शन उत्कृष्ट थियो, तर ती बालबालिका अद्भुत थिए,’ट्रम्पले भने, ‘उनीहरूले चीनको आत्मा र भविष्यको प्रतिनिधित्व गर्छन् ।’एजेन्सी ।

Advertisement Banner
Previous Post

महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने – सरकारलाई दीर्घायुको कामना

Next Post

“१० वर्षमा साढे ५ लाख विद्यार्थी गायब ! डरलाग्दो तथ्य सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
“१० वर्षमा साढे ५ लाख विद्यार्थी गायब ! डरलाग्दो तथ्य सार्वजनिक

“१० वर्षमा साढे ५ लाख विद्यार्थी गायब ! डरलाग्दो तथ्य सार्वजनिक

Recommended

Pakistani Court Sentences Former PM Imran Khan, Bushra Bibi to 17 Years in Toshakhana Corruption Case

Pakistani Court Sentences Former PM Imran Khan, Bushra Bibi to 17 Years in Toshakhana Corruption Case

7 months ago
Finland suspects ship of damaging cable in Baltic Sea, in latest such incident

Finland suspects ship of damaging cable in Baltic Sea, in latest such incident

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.