Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सिंहदरबारदेखि सडकसम्म ‘ट्राफिक निगरानी !

Editorial Team by Editorial Team
May 14, 2026
in Nepal, News
0
सिंहदरबारदेखि सडकसम्म ‘ट्राफिक निगरानी !
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राजधानी काठमाडौं यतिबेला कडा ट्राफिक निगरानीको घेरामा छ । सडकमा नियम मिच्ने जो–कोहीलाई कारबाही गर्ने अभियान तीव्र बनेपछि सर्वसाधारणदेखि भीआईपी र भीभीआईपी सवारीसमेत ट्राफिक प्रहरीको निगरानीबाट उम्किन सकेका छैनन् । केही सातायता काठमाडौंका मुख्य सडक, चोक र व्यस्त मार्गहरूमा ट्राफिक प्रहरीले गरेको ‘आक्रामक’ चेकिङले चालकहरूमा त्रास र सचेतना दुवै बढाएको छ ।
विशेषगरी नयाँ सरकार गठनपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कुनै पनि हैसियतका आधारमा छुट नदिने नीति अपनाइएको देखिन्छ । यही क्रममा सभामुखको सवारीदेखि अगुवा–पछुवा गाडीसम्म कारबाहीमा परेको घटनाले अहिले प्रशासनिक र राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ ।
ट्राफिक प्रहरी स्रोतका अनुसार विगतमा प्रभावशाली व्यक्तिको सवारीलाई ‘छुट’ दिने परम्परा रहेको आरोप लाग्ने गरे पनि पछिल्लो समय त्यसमा कडाइ गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सरकारी गाडी, प्रहरी संगठनकै सवारी तथा उच्च पदस्थ व्यक्तिका सवारीलाई समेत चिट काटिएको ट्राफिक अधिकारीहरू बताउँछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार गत १३ चैतदेखि १६ वैशाख २०८३ सम्मको करिब डेढ महिनाको अवधिमा मात्रै ८६ हजार ७०२ चालकलाई कारबाही गरिएको छ ।यो अवधिमा ट्राफिक नियम उल्लंघनबाट मात्रै ६ करोड ३९ लाख २८ हजार ५८५ रुपैयाँ राजश्व संकलन भएको तथ्यांकले देखाएको छ ।कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै मापसे अर्थात् मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक छन् । ट्राफिकका अनुसार ४ हजार ४५२ चालक मापसे गरेर सवारी चलाउँदा पक्राउ परेका छन् ।त्यस्तै लेन अनुशासन उल्लंघन गर्ने ७ हजार ७५८ चालक, रातो बत्ती उल्लंघन गर्ने ७ हजार ७२४ चालक तथा निषेधित स्थानमा मोड्ने ६ हजार २७३ चालक कारबाहीमा परेका छन् ।
राइड शेयरका नाममा नियम विपरीत सञ्चालन भएका ५ हजार ८४८ चालकलाई पनि कारबाही गरिएको छ । यसबाहेक तीव्र गतिमा सवारी चलाउने २ हजार ७२७, अनावश्यक हर्न बजाउने २ हजार ४६५, लाइसेन्स बिना सवारी चलाउने २ हजार ५५८ चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।स्वरूप परिवर्तन गरेर सवारी चलाउने ११२, बढी भाडा असुल्ने ५५, लागुपदार्थ सेवन गरेर सवारी चलाउने ५२ तथा प्रदूषण मापदण्ड उल्लंघन गर्ने २४६ चालकसमेत कारबाहीमा परेका छन् ।
दिनदहाडै मापसे चेकिङ
काठमाडौंमा यसअघि प्रायः रातिको समयमा मात्र हुने मापसे जाँच अहिले दिउँसै हुन थालेपछि धेरै चालक अचम्मित बनेका छन् । ट्राफिक प्रहरीले अहिले बिहानदेखि बेलुकासम्म विभिन्न स्थानमा आकस्मिक चेकिङ गरिरहेको छ ।विशेषगरी थापाथली, नयाँ बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, चाबहिल, कलंकी, बालाजु र ललितपुरका मुख्य सडकहरूमा अचानक चेकिङ राख्दा धेरै चालक फस्ने गरेका छन् ।ट्राफिक प्रहरीका एक अधिकृतका अनुसार अहिले मादक पदार्थ मात्रै होइन, लागुपदार्थ सेवन गरेर सवारी चलाउने ‘लापसे’ चालक पहिचान गर्नसमेत विशेष उपकरण प्रयोग भइरहेको छ । सडक दुर्घटना बढ्नुका पछाडि मापसे र लापसे प्रमुख कारण देखिएपछि अभियानलाई तीव्र बनाइएको उनको भनाइ छ ।
किन अचानक बढ्यो ट्राफिकको ‘एक्सन’ ?
पछिल्लो समय काठमाडौं उपत्यकामा सवारी चाप अत्यधिक बढेको छ । सडक विस्तार सुस्त, पार्किङ व्यवस्थापन कमजोर र चालकको लापरबाहीका कारण दुर्घटना तथा जाम दुवै बढिरहेका छन् ।ट्राफिक प्रहरीका अनुसार धेरै दुर्घटनाको मुख्य कारण लेन मिच्ने, रातो बत्ती काट्ने, तीव्र गति, मोबाइल चलाउँदै सवारी हाँक्ने तथा मापसे गरेर गाडी चलाउने प्रवृत्ति हो ।यसैलाई नियन्त्रण गर्न अहिले “नो कम्प्रोमाइज” नीति लागू गरिएको ट्राफिक अधिकारीहरू बताउँछन् ।विशेषगरी सार्वजनिक सवारी चालक, मोटरसाइकल चालक र राइड शेयर सेवामा संलग्न चालकलाई लक्षित गरेर निगरानी बढाइएको छ । यात्रु सुरक्षालाई ध्यानमा राख्दै बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने सवारीमाथि समेत निगरानी बढाइएको छ ।
पछिल्ला दिनमा सभामुखको सवारी, अगुवा–पछुवा गाडी तथा सरकारी सवारीसमेत ट्राफिक कारबाहीमा परेको खबर बाहिरिएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ ।धेरैले “कानुन सबैका लागि बराबर हुनुपर्छ” भन्दै ट्राफिक प्रहरीको कदमको प्रशंसा गरेका छन् । केहीले भने भीआईपी सवारीको सुरक्षा संवेदनशीलता बुझेर व्यवहार गर्नुपर्ने तर्क गरेका छन् ।तर ट्राफिक प्रहरी भने नियम उल्लंघन गर्ने जो–कोहीलाई कानुन अनुसार कारबाही गरिने अडानमा देखिएको छ ।एसएसपी नवराज अधिकारीले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन कुनै दबाब वा पहुँचका आधारमा छुट नदिइने स्पष्ट पारेका छन् । उनका अनुसार सडक अनुशासन कायम गर्न सबैले नियम पालना गर्नुको विकल्प छैन ।
चालकहरू भन्छन्– ‘सडकमा डर बढ्यो’
ट्राफिकको कडाइसँगै चालकहरूमा सचेतना बढे पनि कतिपयले अत्यधिक चेकिङले मानसिक दबाब सिर्जना भएको गुनासो गर्न थालेका छन् ।विशेषगरी मोटरसाइकल चालकहरूले ठाउँ–ठाउँमा हुने आकस्मिक चेकिङका कारण समयमै गन्तव्य पुग्न कठिन भएको बताएका छन् । केही चालकले सामान्य गल्तीमा पनि ठूलो जरिवाना तिराउन खोजिएको आरोप लगाएका छन् ।तर ट्राफिक प्रहरी भने नियम उल्लंघन नगर्ने चालकलाई कुनै समस्या नहुने बताउँछ ।
दुर्घटना नियन्त्रण मुख्य लक्ष्य
ट्राफिक प्रहरीका अनुसार अभियानको मुख्य उद्देश्य राजश्व उठाउनु नभई सडक दुर्घटना न्यूनीकरण गर्नु हो ।काठमाडौं उपत्यकामा हरेक वर्ष सयौं मानिस सवारी दुर्घटनामा घाइते हुने तथा दर्जनौंको ज्यान जाने गरेको तथ्यांक छ । तीमध्ये धेरै दुर्घटना चालकको लापरबाहीसँग जोडिएका छन् ।विशेषगरी युवा वर्गमा मापसे गरेर मोटरसाइकल चलाउने प्रवृत्ति अत्यधिक देखिएकाले प्रहरीले कडा निगरानी थालेको हो ।ट्राफिक विज्ञहरूका अनुसार कारबाहीसँगै सडक शिक्षा, चालक प्रशिक्षण र सार्वजनिक सचेतना अभियानलाई पनि सँगसँगै अघि बढाउन आवश्यक छ । केवल जरिवाना बढाएर मात्रै दीर्घकालीन सुधार सम्भव नहुने उनीहरूको तर्क छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा डिजिटल निगरानी, सीसीटीभी ट्र्याकिङ तथा स्वचालित कारबाही प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।सडकमा जथाभावी पार्किङ, फुटपाथ अतिक्रमण तथा ट्राफिक संकेत उल्लंघनमाथि अझ कडा कारबाही गरिने संकेत पनि ट्राफिक प्रहरीको छ ।यससँगै काठमाडौंका सडकमा अब पहुँच, शक्ति वा पदका आधारमा छुट पाउन कठिन हुने सन्देश ट्राफिक प्रहरीले दिन खोजेको देखिन्छ ।राजधानीका सडकमा अहिले देखिएको दृश्य स्पष्ट छ— ट्राफिक नियम मिच्ने जो–कोही अब निगरानीमा छन्, चाहे उनी सर्वसाधारण हुन् वा राज्यका उच्च पदस्थ व्यक्ति ।

Advertisement Banner
Previous Post

“१० वर्षमा साढे ५ लाख विद्यार्थी गायब ! डरलाग्दो तथ्य सार्वजनिक

Next Post

बाढी र सडक विस्तारले दुई प्रमुख सडक अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Editorial Team

Editorial Team

Next Post
बाढी र सडक विस्तारले दुई प्रमुख सडक अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बाढी र सडक विस्तारले दुई प्रमुख सडक अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Discussion about this post

Recommended

Middle East Container Ports Are the Most Efficient in the World

Middle East Container Ports Are the Most Efficient in the World

4 years ago
No Evidence of Blasphemy in Mymensingh Lynching, Says Bangladesh RAB

No Evidence of Blasphemy in Mymensingh Lynching, Says Bangladesh RAB

5 months ago

Don't Miss

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

मोहम्मदीलाई विना शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.