प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल भएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । “मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ” उनले भनिन् ।
भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताइन् ।
भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल भोलि त्यसतर्फ प्रस्थान गर्दैछ ।
मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताइन् ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ
यद्यपि, नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । “आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ”, सञ्चारमन्त्री शर्माले भनिन् ।
Trending Now
- विभिन्न कार्यक्रम गरी आज सातौं सामाजिक सुरक्षा दिवस मनाइँदै
- लक्ष्मी उप्रेती व्यक्तित्त्व वर्ष सम्मान, पुरस्कारघोषणा
- अनेसास डीसी मेट्रो च्याप्टरको पदस्थापन तथा नन्दादेवी स्मृतिग्रन्थ’ सार्वजनिक
- Foreign Minister Dr. Arju Rana’s visit to China approved
- Blind World Cup Cricket: Nepal’s brilliant victory over Afghanistan
- नक्कली शैक्षिक प्रमाणपत्रले काठमाडौंका सिडिओ गृहमा तानिए
- Jawalakhel Call Center: 2 Chinese and 1 Filipino nationals jailed
- काठमाडौं महानगरले एमालेलाई इमेल मार्फत पठायो जरिवाना पत्र
- बयानका लागि आज रवि लामिछानेलाई काठमाडौं ल्याइदैँ
- अपहरण गरेर ५० हजार फिरौती लिएको आरोपमा दुईजना पक्राउ
Comments are closed.