Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानी धम्कीपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत गएको खुलासा

Editorial Team by Editorial Team
August 11, 2026
in News, World
0
इरानी धम्कीपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत गएको खुलासा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – इरानबाट हत्याको धम्की आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट बेलायत जाने क्रममा गोप्य रूपमा विमान परिवर्तन गरेको खुलासा भएको छ।

द वासिङ्टन पोस्टका अनुसार गत जुलाई ८ मा टर्कीको अङ्काराबाट बेलायत प्रस्थान गर्ने क्रममा ट्रम्पलाई ठूलो एयर फोर्स वन विमानबाट निकालेर सानो सी–३२ए विमानमार्फत बेलायत लगिएको थियो।

वासिङ्टन पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार ट्रम्प अङ्कारामा एयर फोर्स वनमा चढेको देखिए पनि केही समयपछि विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनर प्रयोग गरेर उनलाई अर्को विमानसम्म पुर्‍याइएको थियो।

त्यसपछि ट्रम्प सानो सी–३२ए विमानबाट बेलायत पुगेका थिए।

सञ्चारमाध्यमलाई समेत झुक्याइएको दाबी

ट्रम्पलाई विमान परिवर्तन गराउने क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई उनी अझै ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको बताइएको छ।

ठूलो विमानमा रहेका पत्रकारहरूलाई समेत आफ्नो विमानको झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। सुरक्षा जोखिमका कारण यस्तो गोप्य प्रक्रिया अपनाइएको अमेरिकी अधिकारीको दाबी छ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेर गएको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ। उक्त ट्रकलाई पछि सानो सी–३२ए विमानतर्फ लगिएको भिडियोमा देखिन्छ।

दुवै विमान बेलायतमा अवतरण गरेपछि ट्रम्प ठूलो विमानबाट ओर्लिएको देखिन्छ। त्यसपछि उनी पुनःसंरचना गरिएको नयाँ एयर फोर्स वनमा पुगेका थिए।

तर ट्रम्पलाई सी–३२एबाट ठूलो विमानमा ठ्याक्कै कसरी सारियो भन्ने विषय भने स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ।

इरानी प्रोक्सी समूहको जोखिमका कारण विमान परिवर्तन

यसअघि पनि अमेरिकी सञ्चारमाध्यमहरूले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सम्भावित सुरक्षा खतराका कारण ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको जनाएका थिए।

नेटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारामा पुगेका ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउने उद्देश्यले आफूले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए।

तर न्युयोर्क टाइम्सलगायतका अमेरिकी सञ्चारमाध्यमले सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको दाबी गरेका थिए।

नयाँ एयर फोर्स वनको सुरक्षामाथि प्रश्न

कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ विमानको सुरक्षा क्षमतामाथि समेत यस घटनापछि प्रश्न उठेको छ।

उक्त विमानमा पुरानो एयर फोर्स वनमा रहेका सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नरहेको बताइएको छ।

कतारको शाही परिवारले गत वर्ष ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहार दिएको थियो। त्यसपछि विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो।

गत जुलाई १ मा ट्रम्प पहिलोपटक उक्त विमानमा नर्थ डकोटा पुगेका थिए। त्यसको केही दिनपछि उनले सोही विमानमार्फत आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गरेका थिए।

ह्वाइट हाउस : राष्ट्रपतिको सुरक्षामा उच्चस्तरीय प्रोटोकल

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन्।

उनले ट्रम्पले अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताउँदै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको उल्लेख गरे।

ह्वाइट हाउसले यसअघि पनि नयाँ विमानको सुरक्षा क्षमतामाथि प्रश्न उठेपछि यस्तै धारणा सार्वजनिक गरेको थियो।

सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग भइरहेका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाप्रति ट्रम्पले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका छन्। कतारबाट प्राप्त नयाँ विमानलाई अमेरिकी राष्ट्रपतिको औपचारिक प्रयोगका लागि तयार पार्ने प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ।

Advertisement Banner
Previous Post

Finance Minister Wagle meets representatives of 20 multinational firms

Next Post

Nepal ranks second worldwide in electric vehicle market share

Editorial Team

Editorial Team

Next Post
Tata Motors launches Tigor EV in Nepal

Nepal ranks second worldwide in electric vehicle market share

Discussion about this post

Recommended

India Blitz New Zealand in 10 Overs to Complete 3-0 T20 Whitewash

India Blitz New Zealand in 10 Overs to Complete 3-0 T20 Whitewash

7 months ago
वाईसीएल नेपालले ब्युँतायो अर्धसैन्य संरचना

वाईसीएल नेपालले ब्युँतायो अर्धसैन्य संरचना

6 months ago

Don't Miss

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.