भारतमा साओमी कम्पनीलाई कारबाही, साढे २ खर्ब जरिवाना तिर्नुपर्ने

काठमाडौं । देशबाट अवैधानिक रुपमा पैसा बाहिर पठाएको भन्दै भारत सरकारले साओमीलाई साढे दुई खर्ब बढी रकम जरिवाना तिराउने भएको छ ।

भारत सरकारले साओमी टेक्नोलोजी इन्डिया लिमिटेडसँगै कम्पनीका चिफ फाइनान्सियल अफिसर (सीएफओ) समिर राव, सिटी बैंक, एचएसबीसी बैंक र दोइचा बैंक एजी गरी  तीन विदेशी बैंकलाई कारबाही गर्ने निर्णय सुनाएकाे हाे ।

भारतकाे इन्फाेर्समेन्ट डाइराेक्टाेरेटले साओमी इन्डियामाथि सन् २०१५ देखि भारतको विदेशी विनिमय व्यवस्थापन ऐन विपरीत देशबाहिर ६७ करोड डलर (करिब ८८ अर्ब १७ करोड २० लाख रुपैयाँ) पठाएको आरोप लगाएकाे थियाे ।

यस विषयमा भएको छलफल तथा अनुसन्धानपछि भारतीय निकायले आरोप पुष्टि गर्दै दुई अर्ब डलर (दुई खर्ब ६३ अर्ब २० करोड रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ ।#techpana

Comments are closed.