बेलिङ्घम रियल मड्रिडमा अनुबन्धित

स्पेनिस जाइन्ट रियल मड्रिडले युवा इङ्गलिस मडिफिल्डर जुड बेलिङ्घमलाई अनुबन्धन गरेको छ । ला लिगा क्लब रियलले बेलिङ्घमलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्धन गरेको हो ।

रियलले बेलिङ्घम अनुबन्धनका लागि १०३ मिलियनर युरो खर्चिएको छ। १९ वर्षीय बेलिङ्घमले रियलसँग ६ वर्षको सम्झौता गरेका छन् ।

सन् २०२० मा बिर्मिनघमबाट डर्टमण्ड पुगेका बेलिङ्घमले गत वर्ष १९ वर्षको उमेरमै कप्तानी गर्दै क्लबको सबैभन्दा कान्छो कप्तान बनेर इतिहास रचेका थिए ।

तीन सिजन डर्टमन्डमा बिताएका उनले १३२ खेल खेल्दै २४ गोल गरेका छन्। इंग्ल्याण्डका लागि उनले २४ खेल खेल्दै १ गोल गरेका छन्। उनी सन् २०२० देखि इंग्ल्याण्ड नियमित सदस्य हुन्।

 

Comments are closed.