मृगौलाबाट ८०१ ग्राम पत्थरी निकालेर विश्व कीर्तिमान

कोलम्बो । श्रीलंकाका सेनाका डाक्टरहरूले विश्वकै सबैभन्दा ठुलो पत्थरी अप्रेसन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मिर्गौलाको सबैभन्दा ठुलो पत्थरी निकालेर विश्व कीर्तिमानसमेत बनाएका छन् ।

अस्पतालका प्रमुख युरोलोजिस्ट लेफ्टिनेन्ट कर्नल डा. के सुदर्शनको टोलीले मिर्गौलाबाट १३.३७ सेन्टिमिटर लम्बाइको ८०१ ग्राम तौलको पत्थरी निकालेर गिनिज बुकमा नाम दर्ता गराएको हुन्

यसअघि सन् २००४ मा भारतमा विश्वको सबैभन्दा लामो १३ सेमी मिर्गौलाको पत्थरी निकालिएको थियो । उही समयमा, पाकिस्तानमा २००८ मा सबैभन्दा भारी ६२० ग्राम ढुङ्गा निकालिएको थियो।

Comments are closed.