काठमाडौं । एलन मस्कको ब्रेन-चिप स्टार्टअप कम्पनी न्यूरालिंकले यही वर्षको अन्त्यदेखि मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण सुरु गर्ने भएको छ ।
फ्रान्सको पेरिसमा भएको भिभाटेक कार्यक्रममा बोल्दै मस्कले न्यूरालिङ्कले टेट्राप्लेजिक वा प्याराप्लेजिकको बिरामीमा चिप प्रत्यारोपणको परीक्षण गर्ने तयारी भइरहेको बताएका हुन् ।
यो परीक्षणको वेबकास्ट रोयटर्सले गर्ने पनि उनले बताए । गत महिनामात्र कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट यस परीक्षणको लागि अनुमति पाएको जानकारी दिएको थियो ।
यसअघि प्रत्यारोपणका क्रममा प्रयोग हुने डिभाइसको जोखिमलाई लिएर कम्पनीले अनुमति पाएको थिएन ।
रोयटर्सले प्रकाशित गरेको एक समाचारका अनुसार एफडीएले न्युरालिंकलाई अनुमति दिएको स्वीकार गरेपनि जोखिमका विषयमा उठेका प्रश्नहरूको जवाफ भने कम्पनीले दिएको छैन ।
मस्कले सन् २०१९ देखि नै यो परीक्षण सुरु गर्ने भनेर चारपटक मिति तय गरेपनि यसको सुरुवात हुनसकेको छैन । यो पटक तय भएको मिति भने फरक नपर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.