एजेन्सी । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् ।पाकिस्तानको पूर्वी क्षेत्र चकवाल जिल्लामा इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बसको ब्रेक फेल भई दुर्घटना भएको बताईएको छ ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले दुर्घटनमा भएको मानवीय क्षतिप्रति शोक ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ ।
Comments are closed.